अमेरिकी आँखामा नेपालका सडक

South Asia Check / बिहीबार, मंसिर १९, २०७६

आरामदायी र सुरक्षित यात्रा !       फोटोः मोहन मैनाली

नेपालका लागि अमेरिकी राजदूताबासले नेपाल आउन चाहने आफ्ना नागरिकलाई नेपालका सडकमा यात्रा गर्न कत्तिको सुरक्षित छ भनी बताउन यसो भन्ने गरेको छः

“सडकको अवस्था राम्रो छैन । सुरक्षाका सामान्य उपाय पनि अपनाइएको छैन । यसले गर्दा धेरै दुर्घटना हुने गरेका छन्  । मानिस मर्ने गरेका छन् । बितेका केही वर्षमा मोटरसाइकल दुर्घटनामा अति धेरै मानिस मरेका छन् ।

 “…लामो दूरीका गाडी लापरवाहीपूर्वक चलाइन्छ । बस दुर्घटना बारम्बार भइरहन्छन् जसमा धेरै मानिस मर्छन् ।

 “ट्राफिकलाई नियमन गर्ने राम्रो चलन छैन । धेरै चालकले राम्रोसँग लाइसेन्स लिएका हुँदैनन् र तालिम पाएका हुँदैनन् । गाडीको मरमत सम्भार राम्रो हुँदैन । प्रायजसोः गाडीमा क्षमताभन्दा बढी यात्री कोचिएको हुन्छ ।

 “धेरै ठाउँमा पैदल बाटो छैन । पैदल यात्रीले बाटो संकेत भएका ठाउँमा पनि चालकले पैदल यात्रीलाई वास्ता गर्दैनन् । गाडी दुर्घटनामा धेरै पैदलयात्री मर्ने गर्छन् ।”

नेपाल आउनुअघि अमेरिकी नागरिकले नेपालमा गाडीमा र पैदल यात्रा गर्ने कामलाई ज्यान जोखिममा पार्ने काम रहेछ भनी बुझ्छ ।

यो कुरा थाहा पाएको अमेरिकी नागरिक नेपाल आउन कत्तिको तर्सेलान् र आइहालेमा नेपालमा गाडी र पैदल यात्रा गर्दा उनीहरूलाई कति डर लाग्दो हो त्यो उनीहरूले नै जान्लान । हामी चाहिँ तर्सिएका छैनौं । यस्तै डरलाग्दो बाटोमा गाडीमा र पैदल हिंडिरहेका छौं । त्यसैले गाडी चढ्दा धमाधम मरिरहेका छौं ।

स्रोतः नेपाल प्रहरी

मोहन मैनाली / बुधबार, भाद्र १, २०७३

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री