टीकापुरको फोटो ? होइन, अमेरिकाको

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

केही ब्लगसाइटले यो फोटोलाई आज २०७२ भदौ ७ गतेको कैलालीको टीकापुर घटनाको समाचारमा राखेको छ । फोटोमा क्याप्सन दिइएको छैन । यसले गर्दा यो फोटो आजको टीकापुरको घटनाको हो जस्तो लाग्न सक्छ । यस ब्लगको लिंक सोसल मिडियामा पनि शेयर गरिएको छ ।

हामीले जाँच गर्दा यस्तो पायोः यो फोटो अमेरिकाको फ्लोरिडाको ट्याम्पामा फेब्रुअरी २०१२ मा भएको एउटा घटनाको हो । यो फोटो सबैभन्दा पहिले फेब्रुअरी ७, २०१२ मा वेबसाइटमा राखिएको थियो ।त्यो फोटो यहाँ हेर्न सकिन्छ

साउथ एशिया चेक / सोमबार, भाद्र ७, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री