सप्तरीको तिलाठीका मधेसीलाई जनगणनामा पहाडी भनियो?

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

तस्बिरः मोहन मैनाली

नेपाली टेलिभिजन च्यानल एभीन्युजलाई दिएको अन्तर्वार्तामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरीको तिलाठी गाउँ (गाविस) का सबै वासिन्दालाई सन् २०६८ को जनगणनामा पहाडी शीर्षकअन्तर्गत राखिएको बताएका छन्।

अन्तर्वार्तामा अध्यक्ष यादवले भनेका छन्, ‘सप्तरीको एउटा गाउँ छ– तिलाठी। जनगणनाको रिपोर्टमा ती सबैलाई (मधेसका रैथाने सबैलाई) पहाडेमा राखिदिएको छ। (पहाडमा) मिश्र लेख्छन्, यता (मधेसमा) पनि मिश्र हुन्छन्, मधेसमा पनि पाठक हुन्छन्। गणकहरू जो यहाँ (काठमाडौं) बाट जान्छन्, तिनलाई त्यहाँको सामाजिक, जातीय संरचना थाहै हुँदैन। अनि उनीहरुलाई जे सजिलो हुन्छ, त्यो राख्छन्।’

अन्तर्वार्ता हेर्न यहाँ क्लिक गर्नुहोला (३.१ मिनेट)

अध्यक्ष यादवको भनाई तथ्यसंगत छ/छैन भन्ने बुझ्न साउथ एशिया चेकले केन्द्रीय तथ्यांक विभागद्वारा प्रकाशित २०६८ सालको सप्तरी जिल्लाको जनसंख्यासम्बन्धी रिपोर्टको अध्ययन गरेको छ।

रिपोर्ट पढ्न यहाँ क्लिक गर्नुहोलाः

रिपोर्टका अनुसार तिलाठी गाविसमा ३,६२४ मानिस बस्दथे।

यसमा मुसलमान, यादव, चमार/हरिजन/राम, केवट, तराई, मल्लाह, हजाम/ठाकुर, नुनिया, कुम्हार, हलुवाई, कायस्थ, बरही, तराईका अन्य समूदाय र अन्य पर्छन्।

यसमध्ये अन्यमा राखिएका चारजना बाहेक सबै मधेसी हुन्।

तसर्थ, अध्यक्ष यादवको यो भनाई गलत छ।

सुजित मैनाली / सोमबार, मंसिर २१, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री