अहिलेको संसद्सँग निर्वाचनसम्बन्धी कानुन बनाउने अधिकार मात्रै छ भन्ने केपी ओलीको दाबी गलत

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

 नेकपा-एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली । फाइल तस्विर/युट्युब

नेकपा–एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले मंसिर १२ गते काठमडौंमा आयोजित एउटा कार्यक्रममा भनेः

‘संक्रमणकालिन अवस्थामा निर्वाचनसम्बन्धी कानुन बनाउने (अधिकार) मात्रै दिइएको छ (अहिलेको व्यवस्थापिका–संसद्लाई)। यो संघीय संसद् होइन।’

साउथ एसिया चेकले अध्यक्ष ओलीको भनाई सही छ/छैन भनि जाँचेको छ।

नेपालको संविधान–२०७२ को धारा २९६(१) मा ‘संविधान प्रारम्भ हुँदाका बखत कायम रहेको संविधानसभा यो संविधान प्रारम्भ भएपछि व्यवस्थापिका–संसद्मा स्वतः रूपान्तरण हुनेछ’ भनिएको छ।

धारा २९६ को उपधारा (३)मा ‘यस संविधानबमोजिम संघीय संसद्ले सम्पादन गर्नुपर्ने काम यस संविधानबमोजिम प्रतिनिधि सभाको निर्वाचन नभएसम्म…व्यवस्थापिका–संसद्ले गर्नेछ’ भनिएको छ।

ओलीले भनेझैं अहिलेको व्यवस्थापिका–संसद् संघीय संसद् होइन। तर, यसलाई संघीय संसद्ले गर्ने सबैखालका काम गर्ने अधिकार संविधानले दिएको छ।

तसर्थ, अहिलेको व्यवस्थापिका–संसद्लाई निर्वाचनसम्बन्धी कानुन बनाउने अधिकार मात्रै दिइएको छ भन्ने अध्यक्ष ओलीको दाबी गलत छ।

सुजित मैनाली / सोमबार, मंसिर २०, २०७३

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री