२०७२ भदौ ४ गते

South Asia Check / आइतबार, मंसिर २०, २०७२

द काठमाडौं पोष्टमा प्रकाशित ‘तराईका पार्टी निर्वाचन क्षेत्रमा लोकप्रिय बन्ने होडबाजीमा’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रोशन सेढाइँले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन छ वटा नाम नखुलाइएका स्रोतलाई उद्धृत गरिएको छः नेता, पर्यवेक्षक, विश्लेषक, तमलोपाका नेता, तमलोपा अध्यक्ष महन्थ ठाकुरका अंगरक्षक र फोरम नेपालका एक नेता ।

द काठमाडौं पोष्टमा प्रकाशित ‘इन्काउन्टरमा गुण्डाको मृत्यू’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर मनिष गौतमले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन चार वटा स्रोतलाई उद्धृत गरिएको छः त्रिवि शिक्षण अस्पतालका डाक्टर, स्थानीयवासी, प्रहरी स्रोत र एक प्रत्यक्षदर्शी ।

द काठमाडौं पोष्टमा प्रकाशित ‘जिपिएसमार्फत भूकम्पीय जोखिम अनुगमन गरिने’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर प्रगति शाहीले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः भूगर्भविद् ।

नागरिकमा प्रकाशित ‘साँधसीमा नमिल्दा झन् दूरी’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर बलराम पाण्डेले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन चार वटा स्रोतलाई उद्धृत गरिएको छः बैठकमा सहभागी एक नेता, स्रोत, एमालेका एक नेता र कांग्रेसका एक नेता ।

नागरिकमा प्रकाशित ‘दिनदहाडै घैंटेको इन्काउन्टर’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर केपी ढुंगानाले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन पाँच वटा स्रोतलाई उद्धृत गरिएको छः एक चिकित्सक, पहिलो प्रत्यक्षदर्शी, दोस्रो प्रत्यक्षदर्शी, तेस्रो प्रत्यक्षदर्शी र एक प्रहरी अधिकारी ।

नागरिक दैनिकमा प्रकाशित ‘सुझाव लत्याउँदै भर्ना सिट वृद्धि’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर दीपक दाहालले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः मन्त्रालय उच्चस्रोत ।

द हिमालयन टाइम्समा प्रकाशित ‘एशियाली विकास बैंकद्वारा कालोसूचीमा परेको चिनियाँ कम्पनीलाई लुम्बिनी विमानस्थल बनाउने अनुमति’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर राजन पोख्रेलले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन तीन वटा स्रोतलाई उद्धृत गरिएको छः संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक वरिष्ठ अधिकारी, नागरिक उड्डयन प्राधिकरणका एक वरिष्ठ अधिकारी र उड्डयनसम्बन्धी अधिकारी ।

अन्नपूर्ण पोष्टमा प्रकाशित ‘घैंटे मारिए’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सुवास गोतामे र शम्भु कट्टेलले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः स्रोत ।

अन्नपूर्ण पोष्टमा प्रकाशित ‘प्रधानमन्त्री नजाँदा बैठक भाँडियो’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर नरेन्द्र साउद र रेवती सापकोटाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एउटा स्रोतलाई उद्धृत गरिएको छः एक नेता ।

कान्तिपुरमा प्रकाशित ‘दलहरू आरोप प्रत्यारोपमा’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सरोजराज अधिकारीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुईटा स्रोतलाई उद्धृत गरिएको छः एमालेका एक नेता र स्रोत ।

साउथ एशिया चेक / सोमबार, भाद्र ७, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री