माघ २३

South Asia Check / आइतबार, मंसिर २०, २०७२

नागरिकमा प्रकाशित काठमाडौं डेटलाइना भुवन शर्माले तयार पारेको समाचार “प्रधानमन्त्रीसँग काँग्रेस सशंकित” मा नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ।

द काठमाडौं पोष्टमा प्रकाशित काठमाडौं डेटलाइनको समाचार “स्थानीय चुनाव गराउन सरकार परामर्श लिंदै” मा माओवादी केन्द्रका नाम नखुलाइएका नेताहरूलाई एक ठाउँमा उद्धृत गरिएको छ। यसमा बाइलाइन छैन।

द हिमालयन टाइम्समा प्रकाशित काठमाडौं डेटलाइनको समाचार “बिम्स्टेक सम्मेलन असारमा गर्ने सरकारको तयारी” मा परराष्ट्र मन्त्रालयको नाम नखुलाइएको एक अधिकारीलाई उद्धृत गरिएको छ। यसमा बाइलाइन छैन।

द हिमालयन टाइम्समा प्रकाशित काठमाडौं डेटलाइनमा राजन पोख्रेलले तयार पारेको समाचार “त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भद्रगोल” मा नेपाल वायुसेवा निगमको नाम नखुलाइएको एक पाइलट, नेपाल नागरिक उड्डयन प्राधिकरणका एक निर्देशक र एक अन्तर्राष्ट्रिय विमान कम्पनीका स्टेशन प्रबन्धकलाई उद्धृत गरिएको छ।

साउथ एशिया चेक / शुक्रबार, माघ २८, २०७३

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री