वैशाख ११

South Asia Check / आइतबार, मंसिर २०, २०७२

रिपब्लिकामा प्रकाशित काठमाडौं डेटलाइनमा विष्णु प्रसाद अर्यालले तयार पारेको समाचार “बीर अस्पतालको रिडियोथेरापी उपकरणको टेन्डर खारेज गर्न खोज्दै सरकार” मा नाम नखुलाइएको स्रोतहरूलाई एक ठाउँमा उद्धृत गरिएको छ।

नागरिकमा प्रकाशित काठमाडौं डेटलाइनमा अर्जुन सुवेदीले तयार पारेको समाचार “ चुनाव वैशाख ३१ र जेठ ३१ मा” मा मन्त्रीपरिषदको नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित काठमाडौं डेटलाइनमा रेवती सापकोटाले तयार पारेको समाचार “सकसमा बजेट” मा नाम नखुलाइएको एक मन्त्री, एक स्रोत, माओवादी केन्द्रका मन्त्रीलाई दुई पटक र दुईजना नेतालाई उद्धृत गरिएको छ।

कान्तिपुरमा प्रकाशित काठमाडौं डेटलाइनमा कुलचन्द्र न्यौपानेले तयार पारेको समाचार “बजेट सार्न अर्कै संशोधन” मा कांग्रेसको नाम नखुलाइएको एक नेता र नाम नखुलाइएको एक मन्त्रीलाई उद्धृत गरिएको छ।

कान्तिपुरमा प्रकाशित काठमाडौं डेटलाइनमा राजेश मिश्रले तयार पारेको समाचार “पहिलो चरणको मतगणना के गर्ने?” मा निर्वाचन आयोगको नाम नखुलाइएको एक स्रोतलाई दुई पटक उद्धृत गरिएको छ।

साउथ एशिया चेक / बिहीबार, बैशाख १४, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री