महतोको कुरा गलत

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

राष्ट्रिय जनता पार्टी, नेपालका नेता राजेन्द्र महतोले हिमालय टिभीबाट अप्रिल २४ तारिखमा प्रसार भएको अन्तर्वार्तामा भनेः  (प्रदेशको सीमा हेरफेर गर्न) विधानसभाको सहमति चाहियो रे, सबै विधानसभाको सहमति चाहियो रे, यो कहीँ…।

https://www.youtube.com/watch?v=UJ2ey1Ex7UA&feature=youtu.be

कुनै एक प्रदेशको सीमा हेरफेर गर्न सबै प्रदेशसभाको अनुमति चाहिने संवैधानिक व्यवस्था अव्याहारिक रहेको भन्दै आन्दोलनरत मधेसी दल तथा सत्तारुढ दलका नेताले असन्तुष्टि जनाइरहेका छन् । विभिन्न सञ्चारमाध्यमले पनि यस्तै भाव झल्किने समाचार, टिप्पणीआदि प्रकाशन गरिरहेका छन् ।

तर प्रदेशको सीमा हेरफेर गर्नुपरे सम्बन्धित प्रदेशमध्ये बहुसंख्यक प्रदेशका सभाहरूको मात्र सहमति आवश्यक पर्ने व्यवस्था संविधानमा गरिएको छ । एउटा प्रदेशको सीमा हेरफेर गर्न सबै प्रदेशसभाको सहमति चाहिन्छ भनेर संविधानमा कतै लेखिएको छैन ।

तसर्थ महतोको यो भनाई पनि गलत छ ।

यसबारे विस्तृतमा पढ्न यहाँ क्लिक गर्नुहोलाः

http://southasiacheck.org/np/fact-check/%E0%A4%B8%E0%A5%80%E0%A4%AE%E0%A4%BE-%E0%A4%AC%E0%A4%A6%E0%A4%B2%E0%A5%8D%E0%A4%A8-%E0%A4%85%E0%A4%B8%E0%A4%AE%E0%A5%8D%E0%A4%AC%E0%A4%A8%E0%A5%8D%E0%A4%A7%E0%A4%BF%E0%A4%A4-%E0%A4%AA%E0%A5%8D/

 

सुजित मैनाली / शुक्रबार, बैशाख २९, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री