देउवा ४० औँ प्रधानमन्त्री होइनन्

South Asia Check / शुक्रबार, मंसिर २०, २०७६

धेरैवटा नेपाली सञ्चारमाध्यमले शेरबहादुर देउवालाई चालीसौँ प्रधानमन्त्री भनेका छन् ।

साउथ एशिया चेकले जाँच गर्दा के पायो भने शेरबहादुर देउवा नेपालका चालीसौँ प्रधानमन्त्री होइनन् ।

गलत हिसाब

शेरबहादुर देउवालाई चालीसौँ प्रधानमन्त्री मान्नका लागि नेपाली मिडियाले गलत हिसाबको सहारा लिएका छन् । प्रधानमन्त्री कार्यालको वेबसाइटमा भएको केपी शर्मा ओली नेपालका ३८ औँ  प्रधानमन्त्री हुन् भन्ने जानकारीलाई गलत ब्याख्या गर्दा उनीहरू गलत भए । केपीलाई ३८ औँ मानेपछि उनीहरूले प्रचण्डलाई ३९ औँ ठानेर देउवालाई ४० औँ बनाए ।

ठीक के त ?

केपी शर्मा ओलीलाई जुन आधारमा ३८ औँ प्रधानमन्त्री मानिएको छ त्यस आधारमा देउवालाई ४० औँ प्रधानमन्त्री होइनन् । उनी ३१ ‍औँ हुन् । यसपटक देउवा नयाँ अनुहारका प्रधानमन्त्री होइनन् । उनी दोहोरिएर प्रधानमन्त्री भएका हुन् । यसअघि दोहोरिएका प्रधानमन्त्रीलाई नयाँ होइन दोहोरिएको मानेकाले नै केपी ओलीलाई ३८ औँ प्रधानमन्त्री मानिएको हो । अहिले देउवालाई जुन मापदण्डका आधारमा ४० औँ प्रधानमन्त्री मानिएको हो त्यसका आधकारमा त देउवा ६१ औँ प्रधानमन्त्री हुन आउँछन् ।

जति पटक प्रधानमन्त्री भए पनि क्रम नथप्ने चलन अनुसार शेरबहादुर देउवा ३१ औँ प्रधानमन्त्री हुन् । एउटै व्यक्ति प्रधानमन्त्री भए नै पिच्छे क्रम थप्ने हो भने उनी ६१ औँ प्रधानमन्त्री हुन् ।

यस अघि दोहोरिएका निम्न प्रधानमन्त्री दोहोरिँदा उनीहरूको क्रम बढेको मानिएको छैन ।

फत्यजङ्ग शाह २ पटक

जङ्गबहादुर राणा २ पटक

मातृकाप्रसाद कोइराला २ पटक

तुल्सी गिरी २ पटक

सूर्यबहादुर थापा ५ पटक

कीर्तिनिधि विष्ट ३ पटक

नगेन्द्रप्रसाद रिजाल २ पटक

लोकेन्द्रबहादुर चन्द ४ पटक

कृष्णप्रसाद भट्टराई २ पटक

गिरिजाप्रसाद कोइराला ५ पटक

शेरबहादुर देउवा ३ पटक (यस अघि नै)

पुष्पकमल दाहाल प्रचण्ड २ पटक

स्रोतः प्रधानमन्त्री तथा मन्त्रीपरिषद्काे कार्यालयकाे वेवसाइट

 

साउथ एशिया चेक / बुधबार, जेठ २४, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री