पूर्व-पश्चिम राजमार्गबारे भारतीय दूताबासको दाबी गलत

South Asia Check / सोमबार, मंसिर २३, २०७६

भारतको ७०औं स्वतन्त्रता दिवशको अवसरमा २०७४ साउन ३१ गते प्रकाशित गोरखापत्र दैनिकको पेज २ र ‘द हिमालयन टाइम्स’को परिशिस्टांकको पेज ३ मा प्रकाशित भारतीय दूताबासको विज्ञापनमा पूर्व-पश्चिम राजमार्गको ८०७ कि. मि. खण्ड भारतको सहयोगमा बनेको भनिएको छ ।

साउथ एशिया चेकले यो भनाइ सही हो कि होइन भनी सडक विभागको वेबसाइटमा राखिएको जानकारी हेर्दा पूर्व-पश्चिम राजमार्गको ६९८.६ किलोमिटर मात्र भारतको सहयोगमा बनेको पाएको छ । भारतको सहयोगमा बनेका सो रागमार्गका विभिन्न खण्ड यस प्रकार छन्:

खण्ड लम्बाइ
काकरभिट्टा-ढल्केबर २५८.२१
बुटवल-कोहलपुर २३७.००
कोहलपुर-बनबासा २०३.३९
जम्मा ६९८.६०

सडक विभागको रेकर्डअनुसार सो राजमार्गको ढल्केबर-पथलैया खण्डको १०९ किलोमिटर सोभियत संघको सहयोगमा, पथलैया-हेटौँडा र हेटौँडा-नारायणगढ खण्डको १०६ किलोमिटर सडक अमेरिकी सहयोगमा र नारायणगढ-बुटवल खण्डको ११४ किलोमिटर सडक बेलायती सहयोगमा बनेको थियो ।

तसर्थ भारतीय दूताबासको यो भनाइ गलत छ ।

साउथ एशिया चेक / मंगलबार, साउन ३१, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री