कात्तिक १४

South Asia Check / बुधबार, मंसिर २३, २०७२

द काठमाडौं पोस्टमा प्रकाशित ‘जनक शिक्षा सामाग्री केन्द्रले मंसिर ३ सम्म मतदान पत्र छाप्ने’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोतहरू र दुई ठाउँमा जनक शिक्षा सामाग्री केन्द्रमा आबद्ध स्रोतहरू। यो समाचारमा बाइलाइन छैन।

नागरिकमा प्रकाशित ‘खड्का मन्त्रालय तानिए’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर दिलीप पौडेलले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः निगमका एक अधिकारी र मन्त्रालयका एक अधिकारी।

नागरिकमा प्रकाशित ‘कांग्रेसका थप १० उम्मेदवारको टुंगो’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः बैठकमा सहभागि एक नेता। यो समाचारमा बाइलाइन छैन।

नागरिकमा प्रकाशित ‘यस्ता छन् समानुपातिक उम्मेदवार’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एमालेका एक नेता। यो समाचारमा बाइलाइन छैन।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित ‘युरिया मलमा करोडौं घोटाला’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर राजेश बर्माले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन चार ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः तीन ठाउँमा स्रोत र कम्पनीसम्बद्ध स्रोत।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित ‘कार्यकर्ता पोस्न ४ करोड ५८ लाख’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सागर पण्डितले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन छ ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उच्च स्रोत, स्रोत, दुई ठाउँमा गृह मन्त्रालयका एक अधिकारी, गृहअन्तर्गतको सहजीकरण शाखाका एक अधिकारी र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोत ।

 

साउथ एशिया चेक / बुधबार, कार्तिक १५, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री