कात्तिक १२

South Asia Check / बुधबार, मंसिर २३, २०७२

द काठमाडौं पोस्टमा प्रकाशित ‘उम्मेदवार छान्दा गुटलाई प्राथमिकता’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर कमलदेव भट्टराईले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन आठ ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः पार्टीका नेताहरू, कांग्रेसका केही नेताहरू, दुई ठाउँमा केही नेताहरू, कांग्रेसका एक नेता, पार्टीमा आबद्ध केही व्यक्तिहरू, देउवानिकट नेताहरू र पार्टीमा आबद्ध स्रोतहरू।

रिपब्लिकामा प्रकाशित ‘निर्वाचन आयोगले आफ्नो निर्णय फेर्न सक्ने’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः निर्वाचन  आयोगका एक उच्च अधिकारी, जानकार अधिकारीहरू र एक अधिकारी। यो समाचारमा बाइलाइन छैन।

रिपब्लिकामा प्रकाशित ‘दाहालले निर्वाचन उम्मेदवारमा ज्वाइँलाई रोजेपछि असन्तुष्टि’ शीर्षकको विराटनगरलाई डेटलाइन बनाएर अजित तिवारीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः पार्टी स्रोतहरू।

कान्तिपुरमा प्रकाशित ‘कस्तो छाप्ने मतपत्र?’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर राजेश मिश्रले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः दुई ठाउँमा स्रोत र आयोग स्रोत।

 

 

साउथ एशिया चेक / बुधबार, कार्तिक १५, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री