प्रतिनिधिसभामा अहिलेसम्म पाँच महिला विजयी

South Asia Check / सोमबार, मंसिर २३, २०७६

गत स्थानिय चुनावमा भक्तपुरकाे एउटा निर्वाचन केन्द्रमा भाेट हाल्न लामवद्ध महिला । फाइल तस्विर/साउथ एशिया चेक

भर्खरै सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा पाँच जना महिला निर्वाचित भएका छन् । निर्वाचित हुनेहरूमा पवित्रा निरौला (खरेल), पम्फा भुसाल, कमला रोका, दुर्गा पौडेल र बीना मगर छन् ।

नेकपा (एमालेकी) की पवित्रा निरौला खरेलले झापा २ बाट नेपाली कांग्रेसका उद्धव थापालाई हराएकी हुन् । निरौला खरेलले ४५,८१७ मत ल्याएकी थिइन् भने थापाले ३२,०५० मत ल्याएका थिए ।

नेकपा (माओवादी केन्द्र) की पम्फा भुसाल ललितपुर ३ बाट नेपाली कांग्रेसका मदनबहादुर अमात्यलाई हराएर विजयी भएकी हुन् । भुसालले २४,०३६ मत ल्याएकी थिइन् भने अमात्यले २२,३२८ मत ल्याएका थिए ।

नेकपा (माओवादी केन्द्र) की कमला रोकाले रुकुम पूर्वबाट नेपाली कांग्रेसका हरिशंकर घर्तीलाई हराएकी हुन् । उनले १०,४३४ मत ल्याएकी थिइन् भने मगरले ४,४०६ मत ल्याएका थिए ।

यस्तै गरी, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले प्युठानबाट नेपाली कांग्रेसका डा. गोविन्दराज पोखरेललाई हराएकी हुन् । पौडेलले ४७,५१४ मत ल्याएकी थिइन् भने पोखरेलले ३१,२८६ मत ल्याएका थिए ।

नेकपा (माओवादी केन्द्र) की बीना मगरले कञ्चनपुर १ बाट ३८,४६७ मत ल्याएर नेपाली कांग्रेसका दिवानसिंह विष्टलाई हराएकी हुन् । विष्टले १९,२१९ मत ल्याएका थिए ।

मतगणना जारी भएका तीन ठाउँमा महिला पहिलो अथवा दोस्रो स्थानमा छन् । सुनसरी ३ की एमालेकी भगवती चौधरी नेकाका विजयकुमार गच्छदारभन्दा र स्याङ्जा २ मा एमालेकी पद्माकुमारी अर्याल नेकाका गोपालमानभन्दा अलिक बढी मत ल्याएका छन् ।

कैलाली १ की मदनकुमारी शाह राष्ट्रिय जनता पार्टी नेपालका रेशमलाल चौधरीभन्दा धेरै मतले पछाडि छिन् । उनको जित्ने सम्भावना छैन ।

सोमबार बिहानसम्मको नतिजा अनुसार नौ जना महिला उम्मेदवारले दोस्रो भएर हार्नुपर्‍यो । उनीहरूमा ८ जना नेपाली कांग्रसका र एक जना एमालेका उम्मेदवार हुन् । ती उम्मेदवार नेकाका उम्मेदवार तेह्रथुमकी सीता गुरुङ, खोटाङकी सरस्वती वजिमय, महोत्तरी २ की किरण यादव, मकवानुपर २ कि महालक्ष्मी उपाध्याय (डीना), काठमाडौँ ३ की अम्बिका बस्नेत, बाग्लुङ १ की चम्पादेवी खड्का, दाङ १ की सुशिला चौधरी, कैलाली ५ की आरजु राणा देउवा र उदयपुर १ की एमाले उम्मेदवार मञ्जुकुमारी चौधरी हुन् । यो चुनावमा एक सय ४६ महिला उम्मेदवार उठेका थिए ।

मोहन मैनाली / सोमबार, मंसिर २५, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री