पूर्व-पश्चिम राजमार्ग चौडा पार्ने घोषणा कांग्रेस नेतृत्वको सरकारले गरेको थियो

South Asia Check / सोमबार, मंसिर २३, २०७६

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहसमा नेकपा एमालेका अध्यक्ष के.पी. ओलीले भने, “मैले जतिबेला पूर्व पश्चिम राजमार्गलाई ६ लेन बनाउने भनेर घोषणा गरें हामीसँग पैसा थिएन हामीले काम अगाडि बढायौ। काम अगाडि बढाउँदा अहिले यू .एस.ए.ले हामीलाई पाँच खर्ब मिलिनियम च्यालेन्ज करपोरेशन अन्र्तगत सहयोग गर्दैछ।”

अध्यक्ष ओलीसँग प्यानलमा रहेका नेपाली कंग्रेसका नेता तथा पूर्व अर्थमन्त्री रामशरण महतले ओलीले त्यसो भन्दै गर्दा काम त हामीले सुरुवात गरेको हो भनें ।

साउथ एसिया चेकले ओली र महतको दाबी सही छ की छैन् भनी जाँचेको छ ।

पूर्व-पश्चिम राजमार्ग ६ नभइ ४ लेनमा विस्तार हुने काम भइरहेके छ ।

रामशरण महतले प्रस्तुत गरेको आ. व. २०७२-२०७३ को बजेटमा पूर्व—पश्चिम राजमार्गको स्तरोन्नति गरी ४ लेनको बनाउने कार्य शुरु गर्न बजेट विनियोजन गर्ने घोषणा गरिएको थियो।

त्यसतै के.पी. ओलीले नेतृत्वको सरकारका अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको  आर्थिक वर्ष २०७३-२०७४ को बजेटमा पूर्व–पश्चिम राजमार्गलाई आधुनिक सुरक्षित राजमार्गका रुपमा विकसित गरिनेछ भनिएको छ ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको रणनीति योजना (२०७३–२०७८) मा भनिएको छ, पूर्व–पश्चिम राजमार्गको काकरभिट्टा–बुटवल (५८८ कि.मि.) खण्डको डि.पि.आर. २ बर्षमा सम्पन्न गरी त्यसपछिको ५ बर्षमा चार लेनको एक्सप्रेस वे निर्माण कार्य सम्पन्न गर्ने साथै वुटवल– गड्डाचौकी (४३९ कि.मि.) खण्डको डि.पि.आर. तयार गरी लेन विस्तार कार्य ५ बर्ष भित्रमा प्रारम्भ गर्ने ।

पूर्व—पश्चिम राजमार्गलाई ४ लेन बनाउने घोषणा केपी प्रधानमन्त्री हुनुभन्दा पहिल्यै भइसकेको हुनाले उनको दावी गलत छ।

(यो रिपोर्ट इन्जिना पन्थीले त

साउथ एशिया चेक / शुक्रबार, मंसिर ८, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री