बढ्लान पर्यटक ?

South Asia Check / सोमबार, मंसिर २३, २०७६

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद नवराज सिलवालले प्रतिनिधिसभालाई सम्बोधन गर्ने क्रममा नेपाल–चीन रेलमार्ग निर्माणबाट हुनसक्ने फाइदाबारे चर्चा गर्दै भने–

‘सन् २०१६ मा चीनमा दुई करोड पाँच लाख विदेशी पर्यटकहरू आए । हामीले त्यसमध्येका १५ प्रतिशत पर्यटकलाई यहाँ ल्याउन सक्यौं भने ३० लाख पर्यटक आउँछन् । एउटा पर्यटकले एक हजार (अमेरिकी) डलर मात्रै खर्च गर्यो भने नेपालले ३० लाख हजार अमेरिकी डलर कमाउँछ ।’

सन् २०१६ मा चीनको मेनल्यान्डमा १३.८ करोड पर्यटकले भ्रमण गरेका थिए ।

तीमध्ये दुई करोड ८१ लाख ५० हजार विदेशी थिए । बाँकी हङकङ (आठ करोड १० लाख छ हजार), मकाउ (दुई करोड ३५ लाख) र ताइवान (५७ लाख ३० हजार) बाट आएका थिए ।

सिलवालले दाबी गरेको भन्दा ७६ लाख ५० हजार जना बढी पर्यटकले सन् २०१६ मा चीनको मेनल्यान्ड भ्रमण गरेका थिए ।

भाषणका क्रममा सिलवालले चीन हुँदै आउने प्रति पर्यटकले नेपाल बसाईका क्रममा एक हजार डलर खर्च गर्न सक्ने उल्लेख गरेका छन् ।

आर्थिक वर्ष २०१६/१७ मा एकजना विदेशी पर्यटकले नेपाल बसाईका क्रममा औसत ६९५ अमेरिकी डलर खर्च गरेका थिए । दश वर्ष अघि सन् २००६/०७ मा सो दर ५३५ अमेरिकी डलर थियो । (नेपाल टुरिजम स्टाटिस्टिक्स २०१७, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सन् २०१८, पृ. ९२)

तसर्थ, पर्यटकहरूलाई नेपाल बसाईका क्रममा एक हजार अमेरिकी डलर खर्च गराउन उनीहरूको नेपाल बसाई लम्ब्याउने कार्यक्रम ल्याउन आवश्यक छ । अहिले विदेशी पर्यटकको औसत नेपाल बसाई १२.६ दिन छ । (नेपाल टुरिजम स्टाटिस्टिक्स २०१७, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सन् २०१८,पृ. ११)

 

 

सुजित मैनाली / शुक्रबार, आषाढ १५, २०७५

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री