नेपाल वायु सेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारको भनाइ झुठो

South Asia Check / सोमबार, मंसिर १७, २०७५

सेप्टेम्बर ३ २०१८ को फायरसाइड कार्यक्रममा नेपाल वायुसेवा निगमका सुगतरत्न कंसाकारलाई कार्यक्रम सञ्चालक भुषण दाहालले भने, “…महालेखापरीक्षकको रिपोर्टमा ‘तपाईँको खरिद प्रकृया मिलेको छैन’ भनेको छ ।”

यसको जवाफमा कंसाकारले भने, “भन्या छैन ।”

महालेखापरीक्षकको पचपन्नौँ वार्षिक प्रतिवेदन, २०७४ को ३५१ मा भनिएको छ, “नेपाल वायू सेवा निगमको आर्थिक नियमावली २०६५ को विनियम २३६ (१) अनुसार निर्माता कम्पनीसँग मात्र विमान खरिद गर्न सकिनेमा … विचौलियाका रूपमा रहेका आपूर्तिकर्तामार्फत् एयरबस कम्पनीको विमान खरिद गर्ने सम्झौता गरेगराएको कानुनसम्मत देखिएन ।”

तसर्थ सुगतरत्न कंशाकारको भनाइ झुठो ठहर्छ ।

साउथ एशिया चेक / सोमबार, मंसिर १७, २०७५

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री