नेपाली मुसलमानको संख्याबारे केपी ओली गलत

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

नेकपा–एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले वैशाख ११ गते व्यवस्थापिका–संसद्लाई सम्बोधन गर्ने क्रममा भनेः

‘यसबीचमा इस्लाम धर्मावलम्बी मुस्लिम समुदाय, जो सात प्रतिशतभन्दा बढीको संख्यामा होलान् सायद, त्यो समुदायको रम्जान पर्छ।’

साउथ एशिया चेकले ओलीले भनेझैं मुसलमान समुदाय नेपालको कुल जनसंख्याको सात प्रतिशतभन्दा बढी होलान् कि नहोलान् भनी जाँचेको छ।

विसं २०६८ को जनगणनाअनुसार मुसलमानहरू नेपालको कूल जनसंख्याको ४.४ प्रतिशत छन्। हिन्दू (८१.३ प्रतिशत) र बौद्ध (९ प्रतिशत) पछि इस्लाम नेपालको तेस्रो ठूलो धर्म हो।

तसर्थ, मुसलमान समुदाय नेपालमा सात प्रतिशतभन्दा बढी होलान् भन्ने अध्यक्ष ओलीको भनाइ गलत छ।

सुजित मैनाली / बिहीबार, बैशाख २१, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री