कात्तिक ९

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

रिपब्लिकामा प्रकाशित ‘निर्वाचन क्षेत्र बाँडफाँडबारे कांग्रेस र राजपाबीच समस्या’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक उच्च नेता र दुई ठाउँमा स्रोतहरु। यो समाचारमा बाइलाइन छैन ।

रिपब्लिकामा प्रकाशित ‘मनाङ्गेलाई सजिलो पार्न एमालेद्वारा उम्मेदवारी फिर्ता’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः जानकार नेताहरु र एक नेता। यो समाचारमा बाइलाइन छैन ।

कान्तिपुरमा प्रकाशित ‘कानुनविपरीत सर्वेक्षण लाइसेन्स’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर बलराम बानियाँ र कृष्ण आचार्यले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन चार ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः तीन ठाउँमा स्रोत र लगानी बोर्डका एक अधिकारी ।

कान्तिपुरमा प्रकाशित ‘महरा र पोखरेलले एउटै क्षेत्र रोजेपछि…’ शीर्षकको दाङलाई डेटलाइन बनाएर दुर्गालाल केसीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः निकटस्थहरू ।

द हिमालयन टाइम्समा प्रकाशित ‘चितवानमा आफूलाई सहयोग गर्न दाहालद्वारा देवी ज्ञवालीसँग आग्रह’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रेवती सापकोटाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोतहरू ।

द काठमाडौं पोस्टमा प्रकाशित ‘संविधान कार्यान्वयन र बाम गठबन्धनको प्रतिरोध नेपाली कांग्रेसका मुख्य एजेण्डा’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर कमलदेव भट्टराईले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक नेता ।

 

साउथ एशिया चेक / शुक्रबार, कार्तिक १०, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री