जेठ १९

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

द काठमाडौं पोस्टमा प्रकाशित ‘नयाँ प्रधानमन्त्री चुन्ने मतदान आइतबार हुनसक्ने’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोतहरू, अधिकारीहरू र सभामुख ओनसरी घर्तीनिकट एक स्रोत। यो समाचारमा बाइलाइन छैन ।

कान्तिपुरमा प्रकाशित ‘भारतीय डीएसपी सहितको टोली पक्राउ’ शीर्षकको डोटीलाई डेटलाइन बनाएर मोहन शाहीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोत ।

नागरिकमा प्रकाशित ‘परराष्ट्रमा सरकारी गाडी दुरूपयोग’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सुरेन्द्र पौडेलले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन सात ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः परराष्ट्र मन्त्रालय स्रोत, पाँच ठाउँमा स्रोत र एक सहसचिव।

नागरिकमा प्रकाशित ‘निगममा पाइलट टिकाउनै गाह्रो’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सशील भट्टराईले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः निगमका एक उच्च अधिकारी, निगमका एक क्याप्टेन र सम्बद्ध अधिकारी।

रिपब्लिकामा प्रकाशित ‘मतपत्र च्यातेपछि उत्पन्न विवाद कसरी समाधान गर्ने भन्नेबारे निर्वाचन आयोग अलमल’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः निर्वाचन आयोगका एक आयुक्त। यो समाचारमा बाइलाइन छैन ।

रिपब्लिकामा प्रकाशित ‘बहुमतिय सरकार गठन गर्ने तयारीमा’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः देउवानिकट एक नेता, वार्तामा संलग्न नेताहरू र स्रोतहरू। यो समाचारमा बाइलाइन छैन ।

 

साउथ एशिया चेक / बिहीबार, जेठ २५, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री