जेठ २०

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

रिपब्लिकामा प्रकाशित “कर छली प्रकरणमा अख्तियारद्वारा आन्तरिक राजस्व विभागका प्रमुख पक्राउ”शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः अख्तियार दुरुपायोग अनुसन्धान आयोगका अधिकारीहरु, अख्तियार सम्बद्ध स्रोत र लोकमान काण्डका जानकार स्रोतहरु । यो समाचारमा बाइलाइन छैन ।

नागरिकमा प्रकाशित “राजस्वका महानिदनिर्देशक शर्मा पक्राउ”शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर बालकृष्ण ज्ञवाली र विष्णुकुमार तामाङले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन चार ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः अख्तियार दुरुपायोग अनुसन्धान आयोगका एक अधिकारी, अख्तियार दुरुपायोग अनुसन्धान आयोगका एक उच्च अधिकारी, उच्च पदस्थ सरकारी अधिकारी र उधोग वाणिज्य महासंघका एक उच्च अधिकारी।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित “उम्मेदवारी आज मतदान भोलि” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर नरेन्द्र साउदले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन चार ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः तीन  पटक स्रोत र कांग्रेस सम्बद्ध स्रोत  ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित “पहिलो चरणमा सात मन्त्री” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर गोविन्द परियारले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः देउवा निकट स्रोत ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित “आन्तरिक राजस्व प्रमुख पक्राउ” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर यम विरहीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः अख्तियार स्रोत तीन पटक।

द हिमालयन टाइम्समा प्रकाशित “संसदले भोली नयाँ प्राधानमन्त्री चुन्ने” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः संसद सचिवालय सम्बद्ध स्रोत । यो समाचारमा बाइलाइन छैन ।

गोरखापत्रमा प्रकाशित “कर निर्धारणमा अनिमियता गरेको आरोपमा शर्मा पक्राउ” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर नारायण काफ्लेले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः अख्तियारको उच्च स्रोत।

द काठमाडौं पोस्टमा प्रकाशित “भ्रष्टाचारको आरोपमा आन्तरिक राजस्व विभागका प्रमुख शर्मा पक्राउ” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर पृथ्वीमान श्रेष्ठले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः अख्तियारका एक अधिकारी।

कान्तिपुरमा प्रकाशित “महानिर्देशक शर्मा पक्राउ” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर कृष्ण ज्ञवालीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन चार ठाउँमा स्रोतलाई उद्धृत गरिएको छ: अख्तियार सम्बद्ध उच्च स्रोत, अख्तियार सम्बद्ध स्रोत, स्रोत, उच्च स्रोत।

कान्तिपुरमा प्रकाशित “देउवाले थाले गृहकार्य” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर कुलचन्द्र न्यौपानेले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छ: दुई पटक स्रोत र देउवा निकट एक स्रोत ।

साउथ एशिया चेक / बिहीबार, जेठ २५, २०७४

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री