जेठ ३ गते

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

द काठमाडौं पोष्टमा प्रकाशित काठमाडौं डेटलाइनको समाचार “कलाकार लिन गएकोमा सेनालाई प्रश्न” मा प्रधानमन्त्री कार्यलयका नाम नखुलाइएका एक अधिकृतलाई उद्धृत गरिएको छ। यसमा बाइलाइन छैन।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित विकास थापाले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “सुनकोसी-कमला डाइभर्सन आफैं बनाउने नेपालको तयारी” मा सिंचाइ मन्त्रालयको एक नाम नखुलाइएको स्रोत र सिंचाइ विभागका नाम नखुलाइएका एकजना अधिकृतलाई उद्धृत गरिएको छ।

कान्तिपुरमा प्रकाशित केपी ढुंगानाले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “चार हजार सुरक्षाकर्मी घरेलु सहयोगी” मा प्रहरी प्रधान कार्यालयको नाम नखुलाइएको स्रोतलाई उद्धृत गरिएको छ।

कान्तिपुरमा प्रकाशित बसन्त बस्नेतले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “धर्ना सर्यो सिंहदरबार” मा नाम नखुलाइएका एक जनजाति नेता र तराइ मधेस लोकतान्त्रिक पार्टीका एक उच्च नेतालाई उद्धृत गरिएको छ।

साउथ एशिया चेक / बुधबार, जेठ ५, २०७३

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री