भदौ २५

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

द काठमाडौं पोष्टमा प्रकाशित ‘तीन शीर्ष नेताले मधेसीहरूको पूर्वशर्तबारे छलफल गर्ने’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर अनिल गिरीले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः उच्च राजनीतिक स्रोत ।

द हिमालयन टाइम्समा प्रकाशित ‘संविधानसभाले छलफल आज टुंग्याउँदै’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर प्रकाश आचार्यले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः स्रोत ।

कान्तिपुरमा प्रकाशित ‘मदौ मसान्तभित्रै जारी हुने निश्चित छः सभाध्यक्ष’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर राजेन्द्र फुयालले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः संविधानसभा सचिवालय स्रोत ।

कान्तिपुरमा प्रकाशित ‘केही दिन प्रक्रिया रोकौः एमाओवादी’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सरोजराज अधिकारी र बसन्त बस्नेतले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन चार वटा स्रोतलाई उद्धृत गरिएको छः स्रोतहरू, बैठक स्रोत, उच्च स्रोत र एमाओवादीका एक पदाधिकारी ।

नागरिकमा प्रकाशित ‘मधेसमा लगामविहीन उग्रता’ शीर्षकको लहानलाई डेटलाइन बनाएर मिथिलेश यादवले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन छवटा स्रोतलाई उद्धृत गरिएको छः सिराहाका एक नेता, एक प्रत्यक्षदर्शी, लहानका एक व्यापारी, सप्तरीका प्रत्यक्षदर्शी, स्थानीय र एक आन्दोलनकारी।

नागरिकमा प्रकाशित ‘अन्तरद्वन्द्वले आन्दोलन कमजोर’ शीर्षकको राजविराजलाई डेटलाइन बनाएर जितेन्द्रकुमार झाले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन पाँच वटा स्रोतलाई उद्धृत गरिएको छः मधेसका दिग्गजहरू, विश्लेषकहरू, विभिन्न मधेसवादी दलनिकट विश्वस्त स्रोत, मधेसका जानकार र तमलोपका एक केन्द्रीय सदस्य ।

अन्नपूर्ण पोष्टमा प्रकाशित ‘सभा रोक्न एमाओवादी प्रस्ताव’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर चिरञ्जीवी ढुंगानाले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः स्रोत ।

साउथ एशिया चेक / बिहीबार, भाद्र ३१, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री