भदौ १९ , २०७२

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

अन्नपूर्ण पोष्ट्‍ दैनिकमा प्रकाशित दीपा दाहालले काठमाडौं डेटलाइनमा तयार पारेको “डा केसीसँग सरकार लचिलो” शीर्षकको समाचारमा एउटा नाम नखुलेको स्रोत उद्धृत गरिएको छः जारी वार्तामा सहभागी एक डाक्टर ।

गोर्खापत्रमा प्रकाशित लक्कि चौधरीले काठमाडौं डेटलाइनमा तयार पारेको “प्रस्तावबाट माग सम्बोधन गरिने” शीर्षकको समाचारमा चार दलको बैठकमा सहभागी एक नेता भनी नाम नखुलाई उद्धृत गरिएको छ।

नागरिक दैनिकमा प्रकाशित निर्मल घिमिरे (बर्दिया) र टेकेन्द्र बस्याल (कोहलपुर) ले तयार पारेको “आतङ्कको छाँया” शीर्षकको समाचारमा नाम नखुलाइकन एक स्थानीयलाई उद्धृत गरिएको छ ।

साउथ एशिया चेक / सोमबार, भाद्र २८, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री