भदौ १८ २०७२

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

नागरिक दैनिकमा प्रकाशित बालकृष्ण ज्ञवालीले काठमाडौं डेटलाइनमा तयार पारेको समाचार “पुनर्निर्माणमा सरकार उदासीन” शीर्षकको समाचारमा नाम नखुलाइएका दुईवटा स्रोत उल्लेख गरिएको छः अर्थ मन्त्रालयका एक अधिकारी र कानून मन्त्रालयका एक अधिकारी ।

द हिमालयन टाइम्समा प्रकाशित रामकुमार कामतले काठमाडौं डेटलाइनमा तयार पारेको “तराइका जिल्ला अदालतका न्यायधीश काठमाडौं फर्किने” शीर्षकको समाचारमा एउटा नाम नखुलाइएको स्रोत उद्धृत गरिएको छः महोत्तरी जिल्ला अदालतका नाम नखुलाइएका एक न्यायधीश ।

द काठमाडौं पोष्टमा प्रकाशित काठमाडौं डेटलाइनको समाचारमा “पुनर्निर्माण प्राधिकरणबारे कांग्रेस र एमालेमा मतभेद” शीर्षकको समाचारमा नाम नखुलाइएका दुईवटा स्रोत उद्धृत गरिएको छः कांग्रेसका एक मन्त्री र एमालेका एक मन्त्री ।

साउथ एशिया चेक / सोमबार, भाद्र २८, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री