भदौ १७ २०७२

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

कान्तिपुर दैनिकमा प्रकाशित ‘माथेमा प्रतिवेदनविपरीत निर्णय’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर बलराम बानियाँले तयार पारेको समाचारमा नाम उल्लेख नगरी दुईटा स्रोतलाई उद्धृत गरिएको छः मन्त्रिपरिषदको सामाजिक समितिका एक सदस्य र समितिका एक अधिकारी ।

कान्तिपुरमा प्रकाशित ‘दाहालले भेटे ठाकुर र यादव’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर बसन्त बस्नेतले तयार पारेको समाचारमा नाम उल्लेख नगरी तीनटा स्रोतलाई उद्धृत गरिएको छः लाजिम्पाटस्थित पुष्पकमल दाहाल निवास स्रोत, मधेसी मोर्चामा आबद्ध स्रोत र तमलोपा स्रोत ।

अन्नपूर्ण पोष्टमा प्रकाशित ‘कांग्रेसमा ह्विप अवज्ञाको चेतावनी’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर गोविन्द परियारले तयार पारेको समाचारमा नाम उल्लेख नगरी एउटा स्रोतलाई उद्धृत गरिएको छः नेपाली कांग्रेसका एक सभासद् ।

द काठमाडौं पोष्टमा प्रकाशित ‘फोरम लोकतान्त्रिकले तीन दललाई दियो भदौ १९ सम्मको समयसीमा’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रोशन सेढाइले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः विश्लेषक ।

साउथ एशिया चेक / सोमबार, भाद्र २८, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री