भदौ ९ २०७२

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

द काठमाडौं पोष्टमा प्रकाशित गणेश चौधरी/ ठाकुर सिंह थारूले टीकापुर डेटलाइनमा तयार पारेको “किन भयो कैलालली हिंसा ?” शीर्षकको समाचारमा नाम नखुलाइएको एक प्रहरी स्रोत र प्रत्यक्षदर्शीलाई उद्धृत गरिएको छ।

द हिमालायन टाइम्समा प्रकाशित “सुदूर पश्चिमका डीआइजी, कैलालीका प्रजिअ फिर्ता बोलाइयो” शीर्षकमा काठमाडौं डेटलाइनमा तयार पारेको समाचारमा गृह मन्त्रालयका नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ।

रिप्बलिकामा प्रकाशित “कैलाली घटनाको जाँच कमिटि गठन” शीर्षकमा काठमाडौं डेटलाइनको समाचारमा नाम नखुलाइएका एकजना मन्त्रीलाई उद्धृत गरिएको छ।

कान्तिपुरमा प्रकाशित गणेश चौधरी/ ठाकुर सिंह थारूले टीकापुर डेटलाइनमा तयार पारेको “सुरक्षा समन्वय नहुँदा हिंसा” शीर्षकको समाचारमा नाम नखुलाइएको एक प्रहरी स्रोतलाई उद्धृत गरिएको छ।

कान्तिपुरमा प्रकाशित प्रतिमा बाँस्कोटाले काठमाडौं डेटलाइनमा तयार पारेको “प्रमुखहरू फेरिए” शीर्षकको समाचारमा नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ।

नागरिकमा प्रकाशित बालकृष्ण अधिकारीले काठमाडौं डेटलाइनमा तयार पारेको “कैलाली घटनामा अपराधिक समूह” शीर्षकको समाचारमा नाम नखुलाइएको एक मन्त्री, गृह मन्त्रालयका एक स्रोत र नाम नखुलाइएको एक प्रहरी अधिकृतलाई उद्धृत गरिएको छ।

साउथ एशिया चेक / शुक्रबार, भाद्र ११, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री