भदौ ७ गते

South Asia Check / बिहीबार, मंसिर २४, २०७२

भदौ ७

द हिमालयन टाइम्समा प्रकाशित “असहमत पार्टीहरूलाई प्रधानमन्त्रीको आह्वान” शीर्षकको काठमाडौं डेटलाइनको समाचारमा नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ।

नागरिकमा दैनिकमा प्रकाशित “नाकामा ४००० गाडी” शीर्षकको वीरगञ्ज डेटलाइनको रितेश त्रिपाठीको समाचारमा नाम नखुलाइएको एक व्यापारीलाई उद्धृत गरिएको छ।

नागरिकमा प्रकाशित “व्यवसायीका पक्षमा फैसला” शीर्षकमा काठमाडौं डेटलाइनको बालकृष्ण ज्ञवालीको समाचारमा अर्थ मन्त्रायका नाम नखुलाइएका एक उच्च अधिकारीलाई उद्धृत गरिएको छ।

कान्तिपुरमा प्रकाशित “भागबन्डामै बखेडा!” काठमाडौं डेटलाइनको बसन्त बस्नेतको समाचारमा नाम नखुलाइएको प्रधानमन्त्री कार्यालयको एक स्रोतलाई उद्धृत गरिएको छ।

– साउथ एशिया चेक / बिहीबार, भाद्र १०, २०७२

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री