श्रीलङ्काको ब्याज दर त्यति बढी छैन

Sanjog Shiwakoti / शुक्रबार, पौष २५, २०७६

नेपाल बैंकर्स अशोसियसन (एन.बि.ऐ) का अध्यक्ष भुवन दाहाल                                                   श्रोत: यूट्युव

नेपाल बैंकर्स अशोसियसन (एन.बि.ऐ) का अध्यक्ष भुवन दाहालले कान्तिपुर टेलिभिजनमा प्रशारण हुने ‘गुड मर्निङ नेपाल’ कार्यक्रमसँगको अन्तर्वार्तामा २०७६ साल पुष २४ गते भनेका थिए:

“श्रीलङ्कामा पनि लेन्डिङ रेट (बैंकले दिने कर्जाको ब्याजदर) एकदमै बढी छ । जस्तै मलाई लाग्छ त्यो १६-१७ प्रतिशत भन्दा तल छैन ।”

साउथ एसिया चेकले अध्यक्ष भुवन दाहालको भनाई कति सत्य छ भनी जाँच गरेको छ ।

“सेन्ट्रल बैंक अफ श्रीलङ्का”ले ३ जनवरी २०२० मा प्रकाशित “विक्ली ईकोनोमिक इन्डिकेटर” नामक साप्ताहिक प्रतिवेदनमा नोभेम्बर २०१९ को भारित ‌औसत ब्याज दर (एभरेज वेटेड लेन्डिङ रेट) १३.६५ र अक्टोबर २०१९ को १३.७१ प्रतिशत रहेको जनाएको छ ।

तसर्थ श्रीलङ्काको ब्याज दर १६-१७ प्रतिशतभन्दा तल छैन भन्ने अध्यक्ष दाहालको भनाई गलत छ ।

नेपाल राष्ट्र बैङ्कका अनुसार २०१९को नेपालको भारित ‌औसत ब्याज दर (एभरेज वेटेड लेन्डिङ रेट) १२.१३ प्रतिशत थियो ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री