नेपाली कांग्रेसका महामन्त्री कोइरालाको दाबी गलत
South Asia Check / शुक्रबार, फाल्गुण १४, २०७७

दीपक अधिकारी/साउथ एसिया चेक
एपीवान टिभीमा गत फागुन १२ गते प्रसारित द ब्राभो डेल्टा शोका प्रस्तोता भुषण दाहालसँगको अन्तरवार्तामा नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले नेपालको विकासका लागि सम्भावना भएका विभिन्न क्षेत्रको चर्चा गरेका थिए । नेपालमा पर्यटन, जलविद्युत र कृषिमा लगानी गरी आर्थिक वृद्धि हासिल गर्नसकिने उनको जिकीर थियो ।
आफ्नो अन्तरवार्ताका क्रममा उनले भनेका थिए :
“हाम्रो क्षमता भनेको टुरिजम हो । हाइड्रो हो । टुरिजममा त कोभिडले गरेर समाप्त नै भएको छ । तर इन्टरनल टुरिजम बढेर आएको छ, त्यसले पनि केही धानिराको छ । हाइड्रोमा काम भइरहेको छ । तेस्रो सम्भावना भनेको हाम्रो कृषि नै हो । १७ लाख हेक्टर खेतीयोग्य जमिन छ ।”
साउथ एसिया चेकले कोइरालाको दाबीको तथ्य जाँच गरेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्रकाशित गरेको ‘स्टाटिस्टिकल इन्फर्मेसन अन नेपलिज एग्रिकल्चर २०७५/७६’ प्रतिवेदनका अनुसार नेपालको खेतीयोग्य जमिन ३० लाख ९१ हजार हेक्टर रहेको छ । साेही प्रतिवेदनमा खेतीयाेग्य तर हाल बाँझाे जमिन १० लाख ३० हजार हेक्टर रहेकाे उल्लेख छ ।*
तसर्थ नेपालको कुल खेतीयोग्य जमिन १७ लाख हेक्टर रहेको भन्ने कोइरालाको दाबी गलत छ ।
*प्रधानमन्त्री कृषि आधुनिकीकरण परियाेजनाकाे खेतीयाेग्य जमिनबारेकाे तथ्यांक अपुराे रहेकाेले हटाइएकाे छ ।
यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस
ताजा सामग्री
- सञ्चार माध्यम जनवरी १ देखि मार्च ३१ सम्मको नाम नखुलेका स्रोत
- तथ्य जाँच यी तस्बिर नेपालमा लागेको डढेलोका हुन् ?
- तथ्य जाँच प्रचण्डको भनाइ भन्दै भाइरल टिकटक भिडियो भ्रामक
- साझा सरोकार शिलान्यासको द्रुत गति, कस्तो छ उपलब्धि ?
- साझा सरोकार किन बारम्बार हुन्छ पेट्रोलियम पदार्थको मूल्यवृद्धि ? के हुन् समाधानका उपाय ?
- तथ्य जाँच नेपाली कांग्रेसका महामन्त्री कोइरालाको दाबी गलत