भूकम्प पुनर्निर्माणः बाचा र व्यवहार

इन्जिना पन्थी / बिहीबार, साउन ३१, २०७५

 

भूकम्पपछि तहसनहस भएकाे रसुवाकाे ठूलाे स्याब्रु ।                                               तस्विर मोहन मैनाली 

२०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएका संरचना पुनर्निर्माणका लागि आर्थिक सहयोग जुटाउन नेपाल सरकारले अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरेको थियो । अन्तर्राष्ट्रिय सम्मेलनमा विकास साझेदार देश र संस्थाहरुले आर्थिक सहयोग गर्ने वाचा गरेका थिए । अर्थ मन्त्रालयले प्रकाशन गरेको “डेभलपमेन्ट कोअपरेसन रिर्पोट २०७३/२०७४ ” अनुसार  विकास साझेदार देश र संस्थाहरुले  सम्झौता गरेको र निकासी गरेको रकम निम्न वमोजिम छ   ः

अंकहरु लाखमा छन्

विकास साझेदार देश /संस्था प्रतिबद्धता (नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन –२०७२ असार १० गतेको सम्मेलन मा गरिएको प्रतिबद्धता) प्रतिबद्धता (९ फागुन २०७३ सम्म गरिएको प्रतिवद्धता)

 

अन्तर्राष्ट्रिय सम्मेलन र पछि गरिएको प्रतिबद्धताको भिन्नता प्रतिशत  रकम निकासी

(आ.व.

२०७२–२०७३ भएको)

 

 

रकम नकासी  (आ.व.२०७३–२०७४ भएको)

 

 

 

 जम्मा प्रतिवद्धता र निकासी गरिएको रकम बिचको भिन्नता प्रतिशत

 

  एसियाली विकास बैंक ६००० २१५० ३६% १८४.३ १४९.८ ३३४.१ १६%
अष्ट्रेलिया ४६.४ ०% ४७.७ ०.०० ४७.७   उपलब्ध छैन

 

अष्ट्रिया १२ ०%
बङ्गलादेश ५० ०%
क्यानडा १०५ ०%
चीन ७६६९=३ ७६६९.३ १००% १०६.७ १०६.७ १%
युरोपेली युनियन ११७४.८

 

११८३.७ १०१% ६६.८ ५७९.५ ६४६.३ ५५%
फिनल्याड २२.४ ११.२ ५०% ४.२ ४.२ ३७%
 जर्मनी ३३५.७ ३४० १०१% ३९.७ ३९.७ १२%
अन्तर्राष्ट्रिय मुद्रा कोष ५०० ५०० १००%
 

भारत

१४००० १०००० ७१%
जापान २६०० २४७०.७ ९५% १०३.५ ५५७.७ ६६१.२ २७%
नेदरल्याड २६० ०%
 नर्वे १५९.७ ०% २१.८ १८.२ ३९.९   उपलब्ध छैन
पाकिस्तान १० ०%
गणतान्त्रिक कोरिया

 

 

 

१०० ८४ ८४% ‍५७ १५.१ ७२.१ ८६%
साउदी कोष

 

३०० ०%
श्रीलंका २५ ०%
 स्वीडेन १०० ०%
स्वीट्जरल्याड

 

२५० ०% ७७.२ २६.१ १०३.३ उपलब्ध छैन
 टर्की

 

२० ०%
 

संयुक्त अधिराज्य बेलायत (अन्तर्राष्ट्रिय विकास विभाग)

 

११०० १६५५ १५०% ९९.६ २५२.३ ३५१.८ २१%
संयुक्त राज्य अमेरिका

 

१३०० १५९८.२ १२३% १४३.८ २३६.६ ३८०.४ २४%
विश्व बैंक ५००० ३००० ६०% ६३६.१ १३७४.८ २०१०. ६७%
जम्मा

 

४१०९५.२ ३०६६२.१ ७५% १५४४.३ ३२५३.९ ४७९८.३ १६%

भारत सरकारले दिने भनेको अनुदान रकममध्ये पहिलो किस्ता नेरु २ अर्ब १० करोड ४३ लाख २०७५ साउनमा हस्तान्तरण गरेको छ । भारत, चीन, एसियाली विकास बैंक, विश्व बैंक सबैभन्दा धेरै आर्थिक सहयोग दिने बाचा गर्ने विकास साझेदार हुन् ।

तथ्याङ्क अनुसार प्रतिबद्धता गरिएको रकमको १६ प्रतिशतमात्र निकासी भएको छ ।

 

 

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री