आर्थिक वृद्धिदरबारे दाहालको गलत दाबी

Bhrikuti Rai / शुक्रबार, बैशाख ८, २०७४

प्रधानमन्त्री पुष्पकमल दाहाल/  तस्वीरः बिक्रम राई

वैशाख ७ गते विर्तामोड झापामा अखिल (क्रान्तिकारी) र बाइसिएल झापाको संयुक्त सम्मेलनमा  बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो सरकारका उपलब्धि बारेमा बोल्दै निम्न कुरा भने-

“मेरो नेतृत्वमा सरकार बनेदेखि नै हामी जुन जोगी आए पनि कानै चिरेका भन्ने उखानलाई गलत सावित गर्न लाग्यौं र सफल पनि भयौं । ०.८ प्रतिशतको आर्थिक बृद्धिदरलाई ६.२ प्रतिशत पुर्‍याएका छौं ।”

साउथ एशिया चेकले प्रधानमन्त्रीको आर्थिक वृद्धिसम्बन्धी दावी सही छ कि छैन भनी जाँचेको छ ।

आर्थिक वर्ष २०१६ मा नेपालको आर्थिक वृद्धिदर ०.८२ प्रतिशत थियो। विश्व बैंकएशियाली विकास बैंकले सन् २०१७ मा नेपालको आर्थिक वृद्धिदर क्रमशः ६ प्रतिशत  र ५.२ प्रतिशत  हुनसक्ने भनी प्रक्षेपण गरेका छन्।

यो प्रक्षेपण मात्रै भएकाले नेपालको आर्थिक वृद्धिदर ६.२ प्रतिशत पुगेको प्रधानमन्त्री दाहालको यो दाबी गलत छ ।

यस भन्दा अघि पनि प्रधानमन्त्री दाहालले यस वर्षको आर्थिक वृद्धिदरको आंकलन २४ वर्षमै पहिले पटक उच्च आंकलन भएको गलत दाबी गरेका थिए।

 

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री