औद्योगिक क्षेत्रमा अझै ६ घण्टाभन्दा बढी लोडसेडिङ

सुजित मैनाली / शुक्रबार, आषाढ २३, २०७४

फाइल तस्वीर/बिक्रम राई

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले असार २२ गते काठमाडौंमा आयोजित एउटा कार्यक्रममा भनेः

‘नेपालमा लोडसेडिङ अन्त्य भयो। विद्युत हामीले आपूर्ति राम्रोसँग गर्न सक्यौं।’

साउथ एशिया चेकले अध्यक्ष दाहालको यो भनाई सही छ/छैन भनी जाँचेको छ।

दाहाल सरकारका पालामा जारी भएको आर्थिक सर्वेक्षण, २०७३–७४ अनुसार काठमाडौं र पोखरामा लोडसेडिङ हटेको छ भने अन्य क्षेत्रमा उल्लेख्य मात्रामा घटेको छ। औद्योगिक क्षेत्रमा चाहिँ अझै घण्टौं लोडसेडिङ भइरहेको छ। विराटनगर कोरिडोरका उद्योगमा प्रतिदिन ४ घण्टा, वीरगञ्ज कोरिडोरका उद्योगमा ६ घण्टा र भैरहवा कोरिडोरका उद्योगमा ६ घण्टाभन्दा बढी समय लोडसेडिङ भइरहेको छ (आर्थिक सर्वेक्षण, पृ १८६)

तसर्थ, अध्यक्ष दाहालको यो दाबी गलत छ।

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री