नागढुङ्गा सुरुङ मार्गः पहिलो होइन तेस्रो

इन्जिना पन्थी / बुधबार, कार्तिक ६, २०७६

तस्विर:यूट्यूब

प्रधानमन्त्री के.पी ओलीले २०७६ कार्तिक ४ गते नागढुङ्गा–सिस्ने खोला सुरुङमार्ग शिलान्यास गर्दै भने, “राजमार्ग र बाटोको सम्बन्धमा यस प्रकारको टनेलको प्रविधिको शुरुवात गरेका छौँ । विद्युत उत्पादनका लागि, उर्जाका लागि, खानेपानीका लागि, सिंचाइका लागि हामीले नहरहरु  बनाएका थियौँ तर यस प्रकार  राजमार्ग र  बाटाका लागि बनाएका  थिएनौं। आज एउटा नयाँ स्तरको नयाँ प्रविधिका साथ हामी एक फड्को मारेका छौँ ।”

साउथ एसिया चेकले प्रधानमन्त्रीको भनाईको तथ्य जाँच गरेको छ ।

स्विट्जरल्याडका भूगर्भविद् टोनी हेगनले आफ्नो पुस्तक “विल्डिङ ब्रिजेज टु द थर्ड वर्ल्ड मेमोरिज अफ नेपाल १९५० – १९९२” उनी पहिलो पटक नेपाल आउँदा नै सुरुङमार्ग भएको कुरा उल्लेख गरेका छन् । उक्त पुस्तककाे पेज २४ मा उनले आफु चढेको गाडी अमलेखगञ्ज र हेटौँडाको बीचमा पर्ने चुरिया डाँडामुनि १०० मिटर जति लामो सुरुङ हुँदै गएको कुरा उल्लेख गरेका छन् । उनी राणा शासन चलेकै बेला २००७ सालमा नेपाल आएका थिए ।

सो सुरुङ मार्ग हाल चल्तीमा छैन । प्रदेश ३ को सरकारले त्यसलाई ऐतिहासिक स्थानका रुपमा संरक्षण गर्न काम गरिरहेको छ ।

लमजुङको भुलभुलेमा भने अहिले नै ३४० मिटर लामो सुरुङमार्ग हुँदै गाडी हिँडिरहेका छन् ।

त्यसैले, प्र्रधानमन्त्रीले शिलान्यास गरेको सुरुङमार्ग नेपालको पहिलो होइन । यस सम्बन्धि प्रधानमन्त्रीको दावी गलत छ ।

यस सम्बन्धि केही समाचारहरु यहाँ छन्:

https://ekantipur.com/koseli/2017/05/06/20170506095327.html

https://baahrakhari.com/news-details/6369/2016-09-23

http://annapurnapost.com/news/104759

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री