पूर्वअर्थमन्त्री महतद्वारा राजस्व संकलनको तथ्याङ्क बढाइचढाइ

प्रतिभा रावल / शुक्रबार, साउन २०, २०७४

तस्विर: कान्तिपुर टिभी/युट्युब

पूर्वअर्थमन्त्री रामशरण महतले साउन १६ गते कान्तिपुर टेलिभिजनबाट प्रसार भएको ‘फायर साइड’ कार्यक्रममा भनेः

१. “अहिले ७०० अर्ब भन्दा बढी राजश्व उठ्छ ।”

२. “बैंकहरूले झण्डै ७०-८० अर्ब राजश्व दिन्छन् ।”

साउथ एशिया चेकले पूर्वअर्थमन्त्री महतको यो भनाई सही छ/छैन भनेर जाँचेको छ।

१. “अहिले ७०० अर्ब भन्दा बढी राजश्व उठ्छ ।”

नेपाल सरकारको अर्थिक वर्ष २०७४/७५ को बजेट भाषणको अनुसूची १ मा अर्थिक वर्ष २०७३/७४ मा नेपाल सरकारको कूल राजश्व संकलन रु ५८१ अर्ब हुने अनुमान गरिएको छ। यसैगरी अर्थिक वर्ष २०७२/७३ मा रु ४८५.२३ अर्ब र २०७१/७२ मा ४११.८५ अर्ब राजश्व संकलन भएको थियो। तसर्थ महतको अहिले ७०० अर्ब भन्दा बढी राजश्व उठ्छ भन्ने भनाइ गलत देखिन्छ।

२. “बैंकहरूले झण्डै ७०-८० अर्ब राजश्व दिन्छन् ।”

बैंक तथा वित्तीय संस्थाबाट सरकारले मुख्यतया आयकरको रुपमा राजश्व संकलन गर्ने गर्दछ किनभने मुअकर, अन्तशुल्क, भन्सार जस्ता अन्य मुख्य करहरु बैँकिङ व्यवसायमा प्रतक्ष रुपमा लागु हुदैनन। नेपाल राष्ट्र बैंकले २०७४ जेठमा प्रकाशन गरेको मासिक तथ्याङ्क अनुसार बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७२/७३ मा कूल १७.५९ अर्ब आयकर तिरेका थिए । आर्थिक वर्ष २०७३/७४ को ११ महिनामा रु १५.१९ अर्ब आयकरको व्यवस्था गरेको देखिन्छ।

यसअर्थमा बैंक तथा वितीय संस्थाहरूले झण्डै ७०-८० अर्ब राजस्व बुझाउँछन् भन्ने महतको भनाइ तथ्यसंगत नरहेको पुष्टि हुन्छ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री