मजदुर हडताल भएका थिए त ?

सन्जोग सिवाकोटी / शुक्रबार, आश्विन १०, २०७६

स्रोत:यूट्यूब

२०७६ असोज ९ गते तिलोत्तमा नगरपालिकाले आयोजना गरेको तिलोत्तमा लगानी सम्मेलनमा अर्थ मन्त्री युवराज खतिवडाले आफ्नाे विचार व्यक्त गर्दै यसो भनेका छन् :
“विगत दुई वर्षमा हामी कसैले श्रमिक हड्ताल भएको सुनेको छौँ र ? विगत दुई वर्षमा श्रम सम्बन्ध बिग्रेर औद्योगिक परिस्थिति बिग्रेको हामीले सुनेको छौँ र ? त्यो पनि सुनेको छैनौँ ।”
साउथ एशिया चेकले मन्त्री खतिवडाको दावी सत्य छ कि छैन भनी जाँच गरेको छ ।
साउथ एशिया चेकले विगत दुई वर्षमा उल्लेखित संख्यामा श्रमिक आन्दोलनका घटना भएको पाएको छ ।
तीमध्ये केही घटना यस प्रकार छन्ः
१. कान्तिपुरमा असार ३, २०७६ मा प्रकाशित समाचार अनुसार श्रमिक आन्दोलनका कारण होटल हायात रिजेन्सी अनिश्चित समयका लागि बन्द गरिएको थियो ।


२. काठमाडौं पोष्टमा माघ २२, २०७५ मा प्रकाशित समाचार अनुसार श्रमिक आन्दोलनका कारण रेष्टुरेन्ट एन्ड बार एशोसिएशन नेपाल अन्र्तगतका सम्पूर्ण रेष्टुरेन्ट प्रभावित भएका थिए।


३. काठमाडौं पोष्टमा असोज ५, २०७५ मा प्रकाशित समाचार अनुसार सवारी चालकले ४ दिन देखि अनिश्चित समयका लागि सवारी साधन बन्द गरि आन्दोलन गरेका थिए ।


४. हिमालखबरमा बैशाख १८, २०७६ मा प्रकाशित रिपोर्ट अनुसार ५० हजार चिया मजदूर एक महीनादेखि आन्दोलनमा थिए।
५. हिमालखबरमा मंसिर १३, २०७५ मा प्रकाशित समाचार अनुसार नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिटेडका मजदुर हडतालमा उत्रिदा देशभरका दर्जन भन्दा बढी विधुतगृह र परियोजनाहरुको काम प्रभावित भएको थियो ।

यस्तै अरु थुप्रै श्रमिक आन्दोलनका घटना विगत दुई वर्षमा भएका हुँदा अर्थ मन्त्री खतिवडाको दावी गलत छ ।

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री