लोडसेडिङ घटाउने श्रेय २०७२ को अवधारणा पत्रलाई मात्र जाँदैन

सुजित मैनाली / मंगलबार, बैशाख १८, २०७५

विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेशराज काफ्लेले सगरमाथा टिभीमा प्रशारण भएको कार्यक्रममा एउटा दस्तावेज देखाउँदै भने-

राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धी अवधारणा पत्र २०७२ धेरै मेहनतका साथ त्यो डकुमेन्ट तयार गरियो । पावर सेक्टरमा त्यसपछि भएका कुरा सबै यो डकुमेन्टलाई आधार मानेर भएको छ । यो डकुमेन्टमा २०७३ सालदेखि लोडसेडिङ हुदैन् भनेर लेखिएको छ ।

साउथ एसिया चेकले मुकेश काफ्लेको यस दावीको जाँच गरेको छ । ।

उनले अन्तर्वार्तामा देखाएको राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धी अवधारणा पत्र २०७२ को अनुसूचि–३ मा ‘राष्ट्रिय ऊर्जा संकट निवारणको लागि एक वर्षभित्र आधारभूत रुपमा र दुई वर्षभित्र पूर्ण रुपमा लोडसेडिङ अन्त्य गर्ने सम्बन्धी योजना’ शर्षकमा लेखिएको छ:

‘”एक वर्षभित्र आधारभूत रुपमा लोडसेडिङ अन्त्य गर्नको लागि निम्न उपायहरु अवलम्बन गरिने छ ।”

आगामी एक वर्षमा सुख्खा यामको उच्च विद्युत माग करिब १४२३ मेगावाट पुग्न सक्ने अनुमान छ र एक वर्षमा सुख्खायामको लागि आपूर्ति हुन सक्ने स्रोतहरु निम्न हुनेछन्ः

हाल जडित क्षमता ६८४ मेगावाट (ROR) को करिब एक तिहाईले प्राप्त हुने विद्युत २२८ मेगावाट
एक वर्षभित्रमा प्रणालीमा आबद्ध हुने निजी क्षेत्रका जलविद्युत आयोजनाहरुको

२०० मेगावाटको क्षमताको एक तिहाइले प्राप्त हुने विद्युत

                                                               ६७ मेगावाट
कुलेखानी १ र २ जलाशययुक्त आयोजनाको उत्पादनबाट प्राप्त हुने विद्युत                                                  ९२ मेगावाट
भारतबाट आयात गरिने विद्युत     ५८० मेगावाट
सौर्य तथा वायुबाट प्राप्त हुने विद्युत   १०० मेगावाट
जम्मा १०६७ मेगावाट

 

नोटः बाँकी नपुग आपूर्ति सम्भव भएसम्मका अन्य नवीकरणीय ऊर्जाबाट आपूर्ति गरिने छ ।

२०७३ कार्तिक देखि काठमाडौं उपत्यकामा लोडसेडिङ घटदै गएको थियो । लोडसेडिङ हटाउन चालिएका कदमहरुमा …राष्ट्रिय ऊर्जा संकट निवारणको लागि एक वर्षभित्र आधारभूत रुपमा र दुई वर्षभित्र पूर्ण रुपमा लोडसेडिङ अन्त्य गर्ने सम्बन्धी योजना’ नामक दस्तावेजका धेरै कुरा लागु भएका देखिदैन।

लोडसेडिङ घटाउन विधुत प्राधिकरणले चालेको कदम

प्रसारण लाइनमा निजी क्षेत्रका जलविद्युत आयोजनाबाट थपिएका विद्युत: नेपाल प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले त्यतिबेला साउथ एशिया चेकलाई बताए अनुसार  राष्ट्रिय प्रसारण लाइनमा स्वतन्त्र ऊर्जा उत्पादकहरुको २०७२ असारसम्म ३२५ मेगावाट विद्युत थियो । त्यसयता लोडसेडिङ कम गराउने कार्यक्रम चालिदा सम्म स्वतन्त्र ऊर्जा उत्पादकहरुबाट १०५ मेगावाट विद्युत थपिएको थियो । सुख्खा याममा यसको एक तिहाइ मात्र विजुली आपूर्ति हुने अनुमान गरिन्छ ।

भारतबाट आयात: २०७२ सालमा नेपालले भारतबाट ३४५ मेगावाट बिजुली आयात गरेकोमा आर्थिक वर्ष २०७३-२०७४ मा नेपालले भारतबाट ४०–४२ मेगावाट थप आयात गर्न थालेको थियो । लोडसेडिङ घटाउने कार्यक्रम लागु हुदाँ भारतबाट ३८७ मेगावाट बिजुली आयात हुन्थ्यो ।  उर्जा संकट निवारण योजनामा अनुमान गरिएको भन्दा कम आयात भएको छ ।

चुहावट नियन्त्रणः घरायसी क्षेत्रको लोडसेडिङ हटाएका वेलामा  प्राधिकरणले ६ देखि ७ महिनामा विद्युत चुवाहट ४ प्रतिशतले घटाएको थियो जसले गर्दा अतिरिक्त ५० मेगावाट बचत भई प्रसारण लाइनमा थपिएको थियो ।

उर्जा संकट निवारण योजनामा १०० मेगावट सोर्य ऊर्जा वा वायुबाट पूर्ति गर्ने भनिएको छ । तर १ वर्षमा १०० मेगावाट सौर्य र वायुबाट आपूर्ति भएको थिएन । विश्व  बैंकको काठमाडौं कार्यालयका अनुसार नेपाल विद्युत्त प्रधिकरणले एक वर्षमा आयोजनाको लागि बोलपत्रका सहभागीहरुको टुंगो लगाएको थिएन ।

त्यसैले पूर्वनिर्देशक काफ्लेले आफ्नै पालामा तयार भएका योजना अनुसार नै लोडसेडिङ अन्त्य भएको भनी गरेको दावी  गलत छ ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री