हिन्दुको संख्या बढाइचढाइ गरे डा. प्रकाशचन्द्र लोहनीले

सुजित मैनाली / शुक्रबार, भाद्र २३, २०७४

नवगठित एकीकृत राष्ट्रवादी प्रजातन्त्र पार्टीका अध्यक्ष तथा पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले भदौ २० गते काठमाडौंमा आयोजित एउटा कार्यक्रममा भनेः

‘सबै धर्मलाई सम्मान गर्दै नेपालको पहिचान हिन्दू राष्ट्र हुनुपर्छ भन्ने हाम्रो माग हो। विश्वमा एक अर्व ३० करोड हिन्दू धर्मावलम्बिहरू छन्, त्यो हाम्रो सफ्ट पावर हो। त्यो सफ्ट पावरलाई त्यसै त्याग्नुहुन्छ भन्ने हामीलाई लाग्दैन।’

साउथ एशिया चेकले संसारमा हिन्दू धर्मावलम्बिको कूल संख्या एक अर्व ३० करोड छ/छैन भनी जाँचेको छ।

स्राेत: पिउ रिसर्च सेन्टर

अमेरिकी सोध केन्द्र ‘पिउ रिसर्च सेन्टर’ले यसै वर्ष सार्वजनिक गरेको प्रतिवेदन ‘द चेन्जिङ ग्लोबल रिलिजियस ल्यान्डस्क्याप‘का अनुसार विश्वमा एक अर्व १० करोड हिन्दू छन् र इसाइ तथा इस्लामपछि हिन्दु विश्वको तेस्रो ठूलो धर्म हो। सन् २०६० सम्ममा हिन्दूको संख्या २७ प्रतिशतले वृद्धि भएर एक अर्व ४० करोड पुग्ने प्रतिवेदनमा उल्लेख छ।

तसर्थ, अहिले विश्वभरमा एक अर्व ३० करोड हिन्दू छन् भन्ने डा. लोहनीको दाबी गलत छ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री