यसपटक हिउँदमा कति प्रतिशत वर्षा भयो?

Bhrikuti Rai / शुक्रबार, जेठ ७, २०७३

२६ वैशाखमा नयाँ पत्रिकामा प्रकाशित वन मन्त्री अग्नि सापकोटाको लेख “डढेलो नियन्त्रणमा सरकारी प्रयास” मा निम्न कुराहरू भनेका छनः

  • विगतको तुलनामा यसपटक हिउँदमा २५ प्रतिशत मात्र वर्षा भएको छ।
  • तापमानमा २.४ डिग्री सेल्सियसले वृद्धि भएको स्थिति छ।

Nepal rainfallसाउथ एशिया चेकले यी आँक्डाहरू सहि छन् वा छैनन् भनेर जाँच्न जल तथा मौसम विज्ञान विभागका महानिर्देशक रिषिराम शर्मालाई सोध्यौ। उनले भने- “भर्खरै राष्ट्रपतिलाई सामु प्रस्तुत गरेको रिपोर्ट अनुसार  यस पटक हिँउदमा (अक्टोबर २०१५ – अप्रिल २०१६) मा विगत भन्दा ४४.८ प्रतिशत मात्र बर्षा भएको र तापमान २ डिग्री सेल्सियसले वृद्धि भएको देखाउँछ ।”

त्यसैले मन्त्री सापकोटाले आफ्नो लेखमा उल्लेख गरेका आँकडाहरू गलत छन्।

(ग्राफिक स्रोत ः   रिषिराम शर्मा \ जल तथा मौसम विज्ञान विभाग)

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री