नार्कमा वैज्ञानिकको खडेरी

इन्जिना पन्थी / मंगलबार, कार्तिक ६, २०७५

२०७० सालमा खिचिएको जुम्लामा रहेका नार्कको कृषि फार्म ।                         तस्वीर: साउथ एशिया चेक

२०४८ सालमा स्थापना हुदाँ त्यसअन्तर्गतका ५३ वटा कार्यलयमा २०१८ दरवन्दी थिए । अहिले कार्यालय थपिएर ६२ पुगेका छन् भने कर्मचारी दरबन्दी संख्या घटेर १८२३ जना भएको छ ।

नार्कमा कार्यकारी निर्देशकको पद रिक्त छ । त्यस्तै ४१३ वैज्ञानिकको दरबन्दीमा १६० पद रिक्त छन् । तेस्रो तहको अनुसन्धानकर्ता\वैज्ञानिकको दरबन्दी सबैभन्दा बढी मात्रामा रिक्त छ । यस पदका लागि १६५ दरबन्दी रहेकोमा ५५ जना अर्थात् एक तिहाइ मात्र कार्यरत छन् । त्यस्तै वरिष्ठ वैज्ञानिक पाँचौ तहमा पनि ३२ जनाको स्वीकृत दरबन्दीमा १२ जना मात्र कार्यरत छन् ।

कृषि विषयको अनुसन्धान गर्नुका साथसाथै स्रोत बीउ/विरुवा तथा नश्ल उत्पादन, कृषि आधुनिकरण र व्यवसायिकरण गर्नका निम्ति प्रविधि निर्माण, तालीम र प्रकाशन गर्ने उद्देश्यले नार्कको स्थापना भएको थियो ।

२०७१ सालमा खिचिएको चितवनको पदमपुरको केरा बारी।                           तस्वीर: साउथ एशिया चेक

प्राविधिक तर्फ पनि दरबन्दी अनुसार कर्मचारी छैनन् । सात जनाको दरबन्दी रहेको मुख्य प्राविधिक अधिकृतको पदमा एक जना पनि छैनन् । सातौं तहको वरिष्ठ प्राविधिक अधिृकतको स्वीकृत दरबन्दी ४५ जना भएकोमा १८ जना मात्र कार्यरत छन्। सत्ताइसवटा पद रिक्त छन्। छैठौं तहको प्राविधिक अधिकृतमा पनि २८३ दरबन्दीमा ८१ जना कर्मचारीको पद रिक्त छ।

यसरी दरबन्दी अनुसार विशेषज्ञ तथा प्राविधिक नहुँदा नार्कका काममा असर परेको छ । “बाली विज्ञ, कीट विज्ञ, रोग विज्ञ, माटो विशेषज्ञ, विषादी विशेषज्ञ, प्राविधिक सबैको सहकार्यले अनुसन्धान सफल हुने हो । एउटा क्षेत्रको विशेषज्ञ नहुदाँ पुरै अनुसन्धानमा असर पर्छ,” नार्कका कृषि वनस्पती शाखा प्रमुख डा. आनन्द कुमार गौतमले भने । गौतमका अनुसार नार्कले अहिले दुई तिन वर्षमा हाइब्रिड बीउ, उन्नत जातका स्रोत बीउ उत्पादन गर्ने गर्छ । “पर्याप्त मात्रामा वैज्ञानिक भएका भए यी काम हरेक वर्ष गर्न सकिन्थ्यो,” गौतमले भने ।

नार्कका सूचना अधिकारी बाबुराम पौडेलका अनुसार “अनुसन्धानको नयाँ नयाँ क्षेत्र थपिँदै छन् तर हामीले चाहिए जति दरबन्दी थप्न सकेका छैनौँ । कतिपय क्षेत्र जस्तै माछापालन, बायोटेकमा दरबन्दी कम छ। जुन क्षेत्रमा अनुसन्धान हुँदैन त्यो क्षेत्र पछाडि पर्छ। अहिले जुट र कपास जस्ता बालीमा अनुसन्धान कम भएको छ र उत्पादन पनि घटदो छ।”

“नार्कमा कर्मचारी नियुक्ति, बढुवा र सरुवा चरम राजनीतिकरणले विकृति ल्याएको छ। अधिकतम उत्पादन हुने क्षेत्रमा सम्बन्धित विशेषज्ञ पठाउनु भन्दा पनि कर्मचारीलाई पायक पर्ने, कर्मचारीको व्यक्तिगत फाइदा हेरेर पठाउने गरिन्छ,” नार्कको पदपूर्ति समितिमा सदस्यका रुपमा काम गरिसकेका बागवानी विज्ञ कृष्णप्रसाद पौडलले भने, “उदाहरणका लागि, सल्यानको कपुरकोटका अदुवा अनुसन्धान केन्द्रको प्रमुखको रुपमा फलफुल विशेषज्ञलाई पठाइएको छ।”

तलको तालिकाले नार्कमा कर्मचारी दरबन्दीको स्‍थिति देखाउँछ:

तालिका १

 

सि.नं.

 

पदको नाम

 

तह

परिषद्को

स्वीकृति समुह

स्वीकृत दरबन्दी संख्या स्थायी कार्यरत कर्मचारी विशेष बढुवा भई कार्यरत कर्मचारी जम्मा कार्यरत कर्मचारी  

 

करार/अस्थायी कर्मचारी

रिक्त दरबन्दी
१. कार्यकारी निर्देशक

 

 

विशिष्ट

 

वैज्ञानिक

२. मुख्य वैज्ञानिक  

एस.६

 

वैज्ञानिक

३. मुख्य वैज्ञानिक  

एस.५

 

वैज्ञानिक

३२ १२ १२ २०
४. वरिष्ठ

वैज्ञानिक

 

एस.४

 

वैज्ञानिक

४४ ४३ ४४
५. वरिष्ठ

वैज्ञानिक

 

एस.३

 

वैज्ञानिक

 १६५ ५५ ५५  ११०
६. वैज्ञानिक  

एस.२

 

 

वैज्ञानिक

 

११

११ ११  ०
७. वैज्ञानिक  

एस.१

 

वैज्ञानिक

 

१५८

१२९ १२९ २९
कुल वैज्ञानिक  

४१३

२५२  २५३ १६०

 

तालिका २

सि.नं. पदको नाम तह परिषद्को स्वीकृति समुह स्वीकृत दरबन्दी संख्या स्थायी कार्यरत कर्मचारी विशेष बढुवा भई कार्यरत कर्मचारी जम्मा कार्यरत कर्मचारी  

करार/अस्थायी कर्मचारी

 

रिक्त दरबन्दी
१. मुख्य प्राविधिक अधिकृत  

टि.९

 

 

प्राविधिक

२. ब.प्राविधिक अधिकृत  

टि.८

प्राविधिक १६ १६ १६

 

३. ब.प्राविधिक अधिकृत  

टि.७

प्राविधिक ४५  

११

 

१८

२७
४. प्राविधिक अधिकृत  

टि.६

प्राविधिक  

२८३

१२७ ७५ २०२  ८१
५. कम्प्युटर अधिकृत टि.६ प्राविधिक  

१५

 

 १२  

१४

 

६. सिभिल इन्जिनियरिङ्ग टि.६ प्राविधिक
७. मेकानिक्स ईन्जिनियरिङ्ग टि.६ प्राविधिक
८. पुस्तकालय अधिकृत टि.६ प्राविधिक

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री