असार १६

साउथ एशिया चेक / शुक्रबार, आषाढ २३, २०७४

कान्तिपुरमा प्रकाशित “शर्मासँग ३ अर्ब धरौटी माग” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर कृष्ण आचार्यले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन ९ ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः ६ ठाउँमा स्रोत, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका स्रोत दुई ठाउँमा र एक कानुन व्यवसायी।

गोरखापत्रमा प्रकाशित “अख्तियारले शर्मासँग माग्यो तीन अर्ब धरौटी” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर नारायण काफ्लेले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः दुई ठाउँमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका स्रोत ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित “एमालेसँग नजिकिँदै राजपा” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर चिरञ्जीवी ढुंगानाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन चार ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोत तीन ठाउँमा र एक नेता।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित “शर्मासँग तीन अर्ब धरौटी माग” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः अख्तियार दुरूपयोग अनुसन्धान आयोगका स्रोत र स्रोत। यो समाचारमा बाइलाइन छैन।

नागरिकमा प्रकाशित “शर्मासँग ३ अर्ब २ करोड धरौटी माग” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर ईश्वरी सुवेदीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः दुई ठाउँमा स्रोत।

नागरिकमा प्रकाशित “चुनावी रङ गाढा, आन्दोलन फिका” शीर्षकको लहानलाई डेटलाइन बनाएर मिथिलेश यादवले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः राजपाका एक नेता।

रिपब्लिकामा प्रकाशित “आन्तरीक राजश्व विभाग प्रमुख ३ अर्ब धरौटी जम्मा गर्न असमर्थ भएकाले थुनामै रहे” शीर्षकको लहानलाई डेटलाइन बनाएर भद्र शर्माले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः जानकार स्रोत र स्रोतहरु

 

 

 

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री