असार २३

साउथ एशिया चेक / बुधबार, आषाढ २८, २०७४

अन्नपूर्ण पोस्ट्मा प्रकाशित “कहाँ छन् माओवादी नेताका गाडी” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रामकृष्ण अधिकारीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः माओवादी नेता र अर्का नेता।

गोरखापत्रमा प्रकाशित “प्रदेश सभाको निर्वाचन असोज ३० मा गर्ने प्रस्तव” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः निर्वाचन आयोग सम्बद्ध स्रोत। यो समाचारमा बाइलाइन छैन।

कान्तिपुरमा प्रकाशित “पुँजीगत खर्च ४५ प्रतिशत मात्रै” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर गोकर्ण अवस्थीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः अर्थ मन्त्रालयका एक उच्च अधिकारी।

द हिमालयन टाइम्समा प्रकाशित “दैविप्रकोपको पूर्वतयारी चिन्ताजनक” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर राजन पोख्रेलले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक उच्च सरकारी अधिकारी र प्रधानमन्त्री कार्यालयका एक उच्च अधिकारी।

नागरिकमा प्रकाशित “’अनियमितता’ को मेलो” शीर्षकको सिरहालाई डेटलाइन बनाएर मिथिलेश यादवले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन चार ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक ग्राहक, जिविस सम्बद्ध स्रोत (सो समाचारपत्र अनुसार), स्रोत र जिल्ला समन्वय समिति सम्बद्ध स्रोत।

रिपब्लिकामा प्रकाशित “मलेसियामा ३८०० मृत्युपछी नेपालले मृत्युको कारण खोज्यो” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर मिथिलेश यादवले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः नेपाल मिसनका अधिकारीहरु र परराष्ट्र मन्त्रालयका अधिकारीहरु।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री