असार २५

साउथ एशिया चेक / बिहीबार, आषाढ २९, २०७४

द हिमालयन टाइम्समा प्रकाशित ‘थापामाथि व्यक्तिगत महत्वकांक्षालाई पूर्वशर्त बनाएको आरोप’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा राप्रपा स्रोतहरू स्रोतलाई उद्धृत गरिएको छ। यो समाचारमा बाइलाइन छैन ।

नागरिकमा प्रकाशित ‘राष्ट्रपतिलाई कार किन्न १६ करोड माग’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रोशन सेढाइँले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः रक्षा मन्त्रालय स्रोत, विभिन्न स्रोत र अर्थ मन्त्रालयका एक अधिकारी ।

रिपब्लिकामा प्रकाशित ‘राष्ट्रपतिका लागि सवारी साधन किन्न राष्ट्रपति भण्डारीद्वारा १६ करोड माग’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रोशन सेडाइँले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः रक्षा मन्त्रालय स्रोत, स्रोतहरू र रक्षा मन्त्रालयका एक अधिकारी ।

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री