असार ४

साउथ एशिया चेक / मंगलबार, आषाढ १३, २०७४

नागरिकमा प्रकाशित ‘सरकार–राजपा बैठक अन्तरकथा’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर भुवन शर्माले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छ।

कान्तिपुरमा प्रकाशित ‘गोर्खाल्यान्ड आन्दोलनमा गोली चल्यो– ३ को मृत्यु, १२ घाइते’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर पर्वत पोर्तेलले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः सुरक्षा स्रोत ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित ”अब हेरफेर हुन्न” शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः कांग्रेसबाट सरकारमा सहभागि एक वरिष्ठ मन्त्री। यो समाचारमा बाइलाइन छैन ।

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री