असोज १७

साउथ एशिया चेक / शुक्रबार, आश्विन २७, २०७४

कान्तिपुरमा प्रकाशित ‘गठबन्धन फेरबदलको पहल’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर बालकृष्ण बस्नेतले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः स्रोत र एक नेता ।

गोरखापत्रमा प्रकाशित ‘एमाले–माओवादी केन्द्र चुनावमा सँगै जाने’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर राजेश चाम्लिङ राई र लक्की चौधरीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन पाँच ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः तीन ठाउँमा स्रोत र दुई ठाउँमा एक माओवादी नेता ।

अन्नपूर्णमा प्रकाशित ‘एमाले–माओवादी एकता बहस’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर रामकृष्ण अधिकारीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छ।

अन्नपूर्णमा प्रकाशित ‘भारतीय प्रहरीद्वारा नेपालीको अपहरण’ शीर्षकको राजविराजलाई डेटलाइन बनाएर मनोहर पोखरेलले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक व्यापारी ।

अन्नपूर्णमा प्रकाशित ‘१७ अपराधी इन्टरपोल खोजीमा’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सुवास गोतामेले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः प्रहरी उच्च स्रोत ।

यो मितिमा नागरिक दैनिक र रिपब्लिका दैनिक प्रकाशित भएनन् ।

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री