असोज १८

साउथ एशिया चेक / शुक्रबार, आश्विन २७, २०७४

कान्तिपुरमा प्रकाशित ‘दाहालले देउवालाई भने, ‘सत्ता गठबन्धन टुट्दैन’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर कुलचन्द्र न्यौपानेले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः दुई ठाउँमा स्रोत र कांग्रेसका एक नेता ।

रिपब्लिकामा प्रकाशित ‘बाम गठबन्धको निम्ती लामो समयदेखि प्रयास भइरहेको थियो’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर कोषराज कोइरालाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुई ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक वरिष्ठ नेता र एक नेता ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित ‘कांग्रेस बृहत्त् प्रजातान्त्रिक मोर्चाको तयारीमा’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन पाँच ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः तीन ठाउँमा स्रोत, माओवादी स्रोत र बालुवाटार स्रोत । यो समाचारमा बाइलाइन छैन।

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री