असोज २०

साउथ एशिया चेक / शुक्रबार, आश्विन २७, २०७४

अन्नपूर्ण पोस्ट्मा प्रकाशित ‘माओवादी मन्त्री हटाउन दबाब’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर चिरञ्जीवी ढुंगानाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित ‘मोदी र सिरिसेनाको नेपाल भ्रमण रोकियो’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर सन्तोष घिमिरेले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन सात ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः दुई ठाउँमा स्रोत, कूटनीतिक स्रोत, एक सरकारी अधिकारी, दुई ठाउँमा परराष्ट्रका एक अधिकारी र अधिकरीहरू ।

नागरिकमा प्रकाशित ‘माओवादी मन्त्री बर्खास्त गर्न प्रधानमन्त्रीको कसरत’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर प्रकाश तिमल्सिनाले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन सात ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः तीन ठाउँमा स्रोत, तीन ठाउँमा देउवा निकट स्रोत र राप्रपाका एक केन्द्रीय नेता ।

नागरिकमा प्रकाशित ‘आयल निगमका खड्काको अर्को बदमासी, हवाई इन्धनमा तीन करोड घोटाला’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर दिलीप पौडेलले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन चार ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः दुई ठाउँमा निगमका एक उच्च अधिकारी, विमानस्थलका एक पूर्व डिपो प्रमुख र निगम स्रोत।

कान्तिपुरमा प्रकाशित ‘सम्बन्धनकै चलखेल’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर मकर श्रेष्ठले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन नौ ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः पाँच ठाउँमा स्रोत, मन्त्रीको सचिवालयकै एक कर्मचारी र तीन ठाउँमा सीटीईभीटी स्रोत।

रिपब्लिकामा प्रकाशित ‘माओवादी मन्त्रीहरूलाई निकालेर सरकार पुनगर्ठन गर्नेबारे सोच्दै देउवा’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन तीन ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः एक स्रोत र दुई ठाउँमा स्रोतहरू। यो समाचारमा बाइलाइन छैन।

रिपब्लिकामा प्रकाशित ‘फोरमले कुन बाटो समात्छ भन्नेमा सबैको चासो’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एक ठाउँमा स्रोतलाई उद्धृत गरिएको छः फोरमका एक नेता। यो समाचारमा बाइलाइन छैन।

 

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री