चैत १८

साउथ एशिया चेक / शुक्रबार, चैत्र २५, २०७३

रिपब्लिकामा प्रकाशित काठमाडौं डेटलाइनमा भद्र शर्माले तयार पारेको समाचार “निर्वाचन आयोगलाई सबै स्थानीय निकायमा काम सकाउन प्रमको आग्रह” मा प्रधामन्त्री दाहाल निकट नाम नखुलाइएको स्रोतहरूलाई एक ठाउँमा उद्धृत गरिएको छ।

रिपब्लिकामा प्रकाशित काठमाडौं डेटलाइनमा विष्णु प्रसाद अर्यालले तयार पारेको समाचार “१८०० भन्दा बढी स्वास्थ्य चौकीहरू भवनबिनै सञ्चालनमा” मा स्वास्थ्य मन्त्रालयको नाम नखुलाइएका अधिकारीहरूलाई दुई ठाउँमा उद्धृत गरिएको छ ।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित काठमाडौं डेटलाइनमा गोविन्द परियारले तयार पारेको समाचार “थापाका पक्षमा प्रधानमन्त्री” मा नाम नखुलाइएको एक स्रोतलाई दुई पटक उद्धृत गरिएको छ।

कान्तिपुरमा प्रकाशित काठमाडौं डेटलाइनमा बलराम बानिया र जगदीश्वर पाण्डेले तयार पारेको समाचार “फास्ट ट्रयाक सेनालाई” मा भौतिक पूर्वाधार मन्त्रलायको नाम नखुलाइएको एक अधिकारीलाई दुई पटक उद्धृत गरिएको छ।

द काठमाडौं पोष्टमा प्रकाशित काठमाडौं डेटलाइनमा पृथ्वीमान श्रेष्ठले तयार पारेको समाचार “सरकारको फितलो नीतिले द्वन्द्व पीडितहरू मारमा” मा शान्ति मन्त्रालयको नाम नखुलाइएको अधिकारीहरूलाई दुई पटक उद्धृत गरिएको छ।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री