चैत २ गते

साउथ एशिया चेक / शुक्रबार, चैत्र ५, २०७२

द काठमाडौं पोष्टमा प्रकाशित ‘छ वटा एमओयुमा हस्ताक्षर हुने’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर अनिल गिरीले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन दुई वटा स्रोतलाई उद्धृत गरिएको छः अधिकारीहरू र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरू।

द हिमालयन टाइम्समा प्रकाशित ‘सार्क बैठकको अवसर पारेर सुष्मा, अजिजबीच भेटघाट हुने’ शीर्षकको काठमाडौं डेटलाइन भएको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः स्रोत। यो समाचारमा बाइलाइन छैन।

रिपब्लिकामा प्रकाशित ‘प्लान नेपालले बाँडेका जस्ता निम्न गुणस्तरकाः भूकम्प पीडित’ शीर्षकको दोलखालाई डेटलाइन बनाएर रमेश खतिवडाले तयार पारेको समाचारमा नाम उल्लेख नगरीकन एउटा स्रोतलाई उद्धृत गरिएको छः एक स्थानीय।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री