चैत ४

साउथ एशिया चेक / सोमबार, चैत्र ७, २०७३

नागरिकमा प्रकाशित काठमाडौं डेटलाइनमा केपी ढुंगानाले तयार पारेको समाचार “राष्ट्रसंघीय मिसनको प्रश्नपत्र बाहिरियो” मा नाम नखुलाइएको एक स्रोतलाई दुई पटक उद्धृत गरिएको छ।

कान्तिपुरमा प्रकाशित काठमाडौं डेटलाइनमा बसन्त बस्नेतले तयार पारेको समाचार “मोर्चासँग सहमति प्रयास” मा नाम नखुलाइएको एक स्रोतलाई उद्धृत गरिएको छ।

कान्तिपुरमा प्रकाशित काठमाडौं डेटलाइनमा कृष्ण आचार्य र विष्णु पोखरेलले तयार पारेको समाचार “पछि हट्यो सरकार” मा नाम नखुलाइएको एक मन्त्रीलाई तीन पटक र एक स्रोतलाई उद्धृत गरिएको छ।

द हिमालयन टाइम्स्मा प्रकाशित काठमाडौं डेटलाइनमा राजन पोख्रेलले तयार पारेको समाचार “नागरिक उड्डयन र नेपाल वायुसेवा निगमको छवि झनै बिग्रियो” मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नाम नखुलाइएको एक अधिकारीलाई दुई पटक र नागरिक उड्डयन प्राधिकरणका एकजना निर्देशकलाई उद्धृत गरिएको छ।

रिपब्लिकामा प्रकाशित काठमाडौं डेटलाइनको समाचार “गृह मन्त्रालयले माग्यो जिल्ला सुरक्षा विवरण” मा गृह मन्त्रालयको नाम नखुलाइएको एक जना अधिकारीलाई उद्धृत गरिएको छ। यसमा बाइलाइन छैन।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री