जेठ १ गते

साउथ एशिया चेक / बुधबार, जेठ ५, २०७३

अन्नपूर्ण पोस्ट्मा प्रकाशित ‘थारूमाथि भारतीय नजर’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर चूडामणि भट्टराईले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन दुइ वटा स्रोतलाई उद्धृत गरिएको छः स्रोत र गृह मन्त्रालयका एक उच्च अधिकारी।

अन्नपूर्ण पोस्ट्मा प्रकाशित ‘टेलियासोनेराको रहस्मय विमान काठमाडौंमा किन ?’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन चार वटा स्रोतलाई उद्धृत गरिएको छः एक उच्च स्तरीय सरकारी स्रोत र तीन भिन्न स्रोत। यो समाचारमा बाइलाइन छैन।

नागरिकमा प्रकाशित ‘एक्लै चले’ देउवा’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर बालकृष्ण अधिकारीले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन चार वटा स्रोतलाई उद्धृत गरिएको छः काङ्ग्रेसका एक केन्द्रीय सदस्य, एक सदस्य, अर्का एक सदस्य र निकट सदस्य।

कान्तिपुरमा प्रकाशित ”अब पेन्सन फन्ड’ शीर्षकको काठमाडौंलाई डेटलाइन बनाएर बलराम बानियाँले तयार पारेको समाचारमा नाम उल्लेख नगरिकन एउटा स्रोतलाई उद्धृत गरिएको छः अर्थ मन्त्रालयका एक अधिकारी।

यस सामग्रीको सर्वाधिकार पानोस दक्षिण एशियामा रहेको छ । तर southasiacheck.org बाट लिइएको भनी यस सामग्रीलाई उपयोग गर्न सकिनेछ ।
प्रतिकृया दिनुहोस

थप सामग्री